यस्तो छ विदेशी मुद्राको आजको रेट

काठमाडौं, २४ पुस– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ९ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६१ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ३४ पैसा रहेको रहेको राष्ट्र बैंकले जनाएको छ । 

बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २६ रुपैयाँ ९६ पैसा र विक्रिदर २७ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र विक्रिदर २७ रुपैयाँ ६९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ २९ पैसा र विक्रिदर २५ रुपैयाँ ४४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र विक्रिदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३५ रुपैयाँ ३५ पैसा छ भने विक्रिदर ३ सय ३७ रुपैयाँ ३४ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ०८ पैसा र विक्रिदर २ सय ६९ रुपैयाँ ६७ पैसा रहेको छ । 

पुस २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस