डा केसीविरुद्धको अवहेलना मुद्दा मिश्र र चालिसेको इजलासमा

काठमाडौं २५ पुस– डा.गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अबहेलना मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा हुने भएको छ । 

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध दिएको अभिव्यक्तिबारे इजलासमै बयान लिने सर्वोच्च प्रशासनको तयारी छ । १४ औ अनसन शुरु गर्ने क्रममा प्रधानन्यायाधीश पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु अर्यालले केसीविरुद्ध सोमवार अबहेलना मुद्दा दायर गरेका थिए । 

सोमवार नै सर्वोच्च अदालतले केसीलाई बयानका लागि मंगलवार नौ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । सोमवार अनसन स्थलबाटै पक्राउ परेका डा केसीलाई बयानका लागि बिहान ९ बजे अगावै सर्वोच्च अदालत पुराइएको थियो । 
 

पुस २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार