×

NMB BANK
NIC ASIA

यी दृष्टिविहीन व्यक्तिले फोनलाई बनाए आँखा

पुस २५, २०७४

NTC
Premier Steels

काठमाडौं, २५ पुस — सन् २०१० मा रब लङ बेलायती सैनिकका रूपमा अफगानिस्तानमा तैनाथ थिए । त्यतिखेर एउटा बम विस्फोटमा उनको दृष्टि गुम्यो । त्यतिखेर उनको उमेर जम्मा २३ वर्ष थियो ।

अहिले उनले नक्कली आँखा हालेको भएपनि उनी देख्न सक्दैनन् । 

जवानीमै दृष्टि गएपछि रबले हिम्मत गुमाएनन् । उनले संसार हेर्ने अद्वितीय तरिका खोजे । त्यसका लागि उनले फोनको सहारा लिए । 
 

Muktinath Bank

रबले ट्विटरमा मानिसहरूसँग सुझाव मागे । अन्धाहरूले ट्विटरको उपयोग कसरी गर्न सक्छन् भनी उनले सुझाव मागेका थिए । ट्वीटमा धेरै मानिसले प्रतिक्रिया दिए । उनको ट्वीट भाइरल भयो । 

रब भन्छन्, ‘ट्विटरमा तस्वीर राखेर उक्त तस्वीरको बारेमा केही लेख्दा धेरै मानिसकहाँ पुग्छ । केही शब्द जोड्दा मात्र पनि तपाईं उक्त तस्वीर देख्न सक्नुहुन्छ, त्यसमा कुरा गर्न सक्नुहुन्छ र कमेन्ट गर्न सक्नुहुन्छ ।’

रबले आफ्नो फोनमा यस्ता एप इन्स्टल गरेका छन् जसले आवाजको आधारमा तस्वीर खिच्न सकिन्छ । उनी भन्छन्, ‘म खाना बनाइरहँदा अनेक किसिमका मसला प्रयोग गर्छु । मसलाको बोतलको आकार लगभग एकसमान हुन्छ ।

त्यतिखेर म एक एपको सहायताले बोतलको तस्वीर खिच्छु । तस्वीर खिचेपछि त्यसको लेबलमा जे लेखिएको हुन्छ त्यसको अडियो मलाई सुनाइदिन्छ । अनि म त्यसैको आधारमा एक्लै खाना बनाउँछु । यसले गर्दा मेरो काम सहज हुन्छ
र मैले अन्य कुरामा ध्यान दिन पाउँछु ।’

रब भन्छन्, ‘ट्विटरबाट मैले पाएको सहयोगबाट साबित हुन्छ, संसारमा धेरै मानिसले ससानो प्रयासमार्फत जीवनमा परिवर्तन ल्याउन सकिन्छ ।’

 


Advertisment
Nabil box
Kumari

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x