यसकारण हमालले पोस्टपोन्ड गरे निर्देशकीय प्रोजेक्ट

वर्ष पहिले फिल्म निर्देशनको तयारीमा थिए राजेश हमाल । अहिले पूर्णरुपमा समाज सेवामा होमिएका छन् । यी अभिनेताले कथावस्तु चयन र स्क्रिप्ट लेखनलाई पनि अघि बढाउने काम थालेका थिए । 

तर, आफूले गर्ने भनेको प्रोजेक्टलाई केही वर्ष लागि थाँती राखेको हमालले जनाएका छन् । ‘दुई तीन वर्ष अझै सामाजिक कार्यमा व्यस्त हुनेछु’ हमालले भने, ‘दिमागमा फिल्मको विषय सोचेपनि यसले मूर्तरुप भने दुईवर्ष नै पाउन सक्छ ।’

पत्नी र सामाजिक कार्यलाई समय खर्चिएका हमालका पछिल्ला सबै सिनेमा बक्सअफिसमा असफल भएपछि उनले निर्देशनतर्फ लाग्ने सोचेका थिए । उनको सोच राजनीतिमा पनि लाग्ने छ तर उनी यसतर्फ केही सचेत देखिन्छन् । 

स्क्रिप्ट खाका रेडी भएपछि मात्र कसैलाई लेख्न दिने मुडमा छन् हमाल । ‘दादा अझै केही वर्ष सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ’ हमाल भन्छन्, ‘यी कुरा सल्टाएपछि मात्र उहाँ फिल्ममा लाग्नुहुनेछ ।’ 
 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार