ओली  बैंकक गएपछि एमाले कार्यवाहक अध्यक्षमा गौतम

पुस २६, २०७४

काठमाडौँ, २६ पुस - नेकपा (एमाले)का कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा आज बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए  । 

श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए  । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । 
 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस