×

NMB BANK
NIC ASIA

देउवा र निर्वाचन आयोगले सौदाबाजी गरेको एमाले सचिव भट्टरार्इको अारोप

पुस २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २८ पुस - नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पूरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो काम गर्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होईनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन्।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साक्षात्कारमा बोल्दै नेता भट्टराईले भने,‘यो अवधिमा नयाँ सरकार बनिसक्नुपर्दथ्यो, तर बन्न सकेन, प्रक्रिया अवरुद्ध पार्ने काम अहिलेका प्रधानमन्त्री देउवाजीले गर्नुभयो, देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गर्यो ।’ आफूहरुले आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि नतिजा सार्वजनिक गर्न आलटाल गरिएको उनको आरोप थियो ।


Advertisment
Nabil box
Kumari

भट्टराईले अघि भने,‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन्, हामीलाई त जनताको म्याण्डेट प्राप्त भएको छ, अनि हामी सरकार बनाउँछौं भन्दा किन यस्तो सौदावाजी ? आयोगले संवैधानिक काम गरोस्, विलम्ब नगरी तत्काल परिणाम घोषणा गरोस्।’

Vianet communication

त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारको भएपनि अहिलेकै सरकारले तोक्नेगरि दलहरुवीच नयाँ सहमति हुँदापनि यो सरकारले विलम्ब गरेकोमा आपत्ति जनाए । उनले भने,‘अब यही सरकारले सबै काम गर्ने भनेर सहमति भएपछि अझैपनि निर्णय नगर्नु दुःखदायी कुरा हो, संविधानका छिद्रा मसिना कुरा र प्वाललाई टेकेर नाटक देखाउनुहुँदैन्, यो सबै नौटंकी कुरा हुन्।’

उनले नक्कली बाँधहरु अगाडि राखेर आँधीबेहरी छेक्छु भन्ने सपना नदेख्न प्रधानमन्त्री देउवा र निर्वाचन आयोगलाई चेतावनी समेत दिए । उनले भने,‘आँधबेहरीले नक्कली बाँधहरु सबै भत्काईदिन्छ, खुट्टा टेक्न नसक्नेहरु समाप्त भएर जान्छन्।’ उनले अहिलेको समस्याको समाधान गर्ने विषयबारे प्रधानमन्त्री देउवाको कोर्टमा बल रहेको पनि स्पष्ट पारे । उनले भने,‘प्रदेश प्रमुख, अस्थायी राजधानी र सपथग्रहण गराउने ठाउँ, राष्ट्रिय सभाको निर्वाचन समयमै सम्पन्न गर्नुहोस्, हाम्रो सुझाव छ।’

त्यस्तै उनले निर्वाचन आयोगले पनि अब कुनै नाटक मञ्चन गर्न नहुने चेतावनी दिए । उनले भने,‘अब नाटकको कुनै अर्थ छैन, नुन खाएपछि पदीय जिम्मेवारी पूरा गर्नुहोस्, हामी यही ध्यानाकार्षण गराउन चाहन्छौं।’

सचिव भट्टराईले प्रधानन्यायाधीश गोपाल पराजुली र डाक्टर गोविन्द केसीवीचको विषयमाथि टिप्पणी गर्दै भने,‘न्यायापालिकाको कुरा हो, के कुरा हो ? तथ्य, प्रमाणहरु बाहिर आओस्, सर्वोच्च अदालतले यथाशक्य चाँडो जनतालाई जानकारी दिओस्, हामी न्यायालयको सम्मान गर्छौं।’ उनले न्याय दिने न्यायमुर्तीहरुले आफ्नो ईज्जत, नैतिकता र कर्तव्यको ख्याल गर्नुपर्नेमा जोड दिए ।

उनले हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा बुढापाका नेताहरुले अब विश्राम लिनुपर्छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर आफूले यसअघि नै उठाएको विषयको बारेमा छलफल नै नगरौं भनेर अध्यक्ष केपी शर्मा ओलीले भनेकोले अब त्यो च्याप्टर क्लोज भएको समेत स्पष्ट पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x