दिनदिनै व्यायाम नगर्दा यो रोग लाग्न सक्छ

पुस २९, २०७४

हिजोआजको व्यस्त जिन्दगी र अल्छी गर्ने बानीका कारण हामीहरू व्यायामलाई बेवास्ता गर्छौं । नियमित व्यायाम गर्दागर्दै पनि एकदुई दिन अल्छी गरियो भने व्यायामको बानी छुट्छ । यसो गर्नु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ ।


राम्रो स्वास्थ्यका लागि नियमित व्यायाम अत्यन्तै आवश्यक हुन्छ । व्यायाम गरेपछि हाम्रो पूरा दिन नै ताजा हुन्छ र मांसपेशीहरू पनि मजबुत हुन्छन् । राम्रो स्वास्थ्यका लागि दिनदिनै बिहान व्यायाम गर्ने बानी बसाल्नुस् ।

ब्रिटिश हार्ट फाउन्डेसनले गरेको एक अनुसन्धानका अनुसार बेलायतमा दुई करोडभन्दा बढी मानिस व्यायाम गर्दैनन् र उनीहरूलाई मुटुसम्बन्धी समस्या छ । पुरुषको तुलनामा महिलाहरू व्यायामबाट टाढा रहेको पनि शोधले पायो ।

दिनभरि बसेर गर्ने जागिर भएका व्यक्तिले त व्यायाम गर्नैपर्छ किनकि शरीर यताउता नचलाइकन काम गर्ने मानिसलाई अनेकथरी रोग लाग्छ ।

आजकल त सानै उमेरका मानिसलाई पनि मुटुरोगले सताइरहेको हुन्छ । तर दिनदिनै व्यायाम गर्दा चाहिँ मोटो मान्छेलाई पनि हार्ट अट्याक हुन पाउँदैन । मोटो मान्छेले दिनको तीनदेखि चार घण्टा शारीरिक श्रम वा व्यायाम गरेमा अनेकौं समस्याबाट मुक्ति पाउँछन् ।

व्यायाम गर्दा शरीर ऊर्जावान रहन्छ र तनावबाट मुक्ति पाइन्छ ।

बिहानै उठेर व्यायाम गर्दा हाम्रो सुत्ने, उठ्ने र खाने सही समय र बानी बन्छ । यसले गर्दा हामीलाई राम्रो निद्रा लाग्छ र पाचनक्रिया पनि तन्दुरुस्त हुन्छ ।

दिनभरि पाइने अक्सिजनको तुलनामा बिहान व्यायाम गर्दा हामीलाई बढी अक्सिजन प्राप्त हुन्छ जसले गर्दा फोक्सो बलियो हुन्छ ।

दिनदिनै व्यायाम गर्दा शरीरमा रक्तसञ्चार पनि सही हुन्छ र रोगप्रतिरोधक क्षमता बढ्छ । यसो भएमा रोग लाग्ने सम्भावना पनि घट्छ ।

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस