सातामै १३ करोडको तरुल कारोबार

पुस ३०, २०७४

काठमाडौं, ३० पुस-  माघे संक्रान्ति नजिकिँदै जाँदा तरुलको व्यापार उच्च भएको छ। एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ गतेदेखि ३० गतेसम्ममा) झण्डै १३ करोड मूल्यबराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ।

‘गत वर्षभन्दा यो वर्ष दुई करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ', महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो। तर, यो वर्ष बजार थपिएको छ। यो वर्ष थप एक करोड मूल्यबराबरको बढी कारोबार हुँदैछ।'


ADVERTISEMENT

उनका अनुसार तरुलको मुख्य कारोबार हुने बजार सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार हो। यो बजारमार्फत ६ दिनको अवधिमा नौ करोड ५० लाख मूल्यबराबरको साढे सात सय टनको हाराहारीमा तरुलको कारोबार हुने गर्छ। बाँकी बल्खु, बानेश्वर, तीनकुने, कोटेश्वर, बालाजुलगायत अन्य साना तरकारीबजारबाट तीन करोड ५० लाख मूल्यबराबरको दुई सय ५० टन तरुलको कारोबार हुन्छ, अन्नपूर्ण पोस्टमा खबर छ |

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस