बांगिएको रड सिधा पार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

पुस ३०, २०७४

इलाम, ३० पुस- इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । 

करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । 
आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ । 

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 


ADVERTISEMENT

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस