संखुवासभामा जीप दुर्घटना, मकालु गाउँपालिकाका अध्यक्षसहित पाँच जनाको मृत्यु

पुस ३०, २०७४

संखुवासभा ३० पुस– संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । संखुवासभाको मकालु ३ समाटार भन्ने स्थानमा जीप दुर्घटना भएको थियो । 

संखुसभाको सदरमुकाम खादबारीबाट भोटखोलाको बरुण मेला हेर्न जाने क्रममा जीप दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको मृत्यु भएको संखुवासभा प्ररीले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कटवाल एमालेका तर्फबाट गाबिस अध्यक्ष विजयी भएका थिए । 

बा ५ च १३०९ नम्बरको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको शंखुवासभाका प्रहरी इन्सिपेक्टर बेद प्रसाद गौतमले लोकान्तरलाई जानकारी दिए ।
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार