अगाडी २ क्यामरा भएको फोन एस ११ फोन

पुस ३०, २०७४

काठमाडौं, ३० पुस- कलर्स मोबाइलले एस सिरिज समूहअन्तर्गत एक नयाँ मोबाइलफोन एस ११ लाई सार्वजनिक गरेको छ । एस ११ कलर्स मोबाइलको एस सिरिजमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ । दोहोरो क्यामरा रहेको सो स्मार्टफोनको  अधिकतम बजार मुल्य १६ हजार ४ सय ९५ रहेको छ । तर अहिले २४ प्रतिशत छुटका साथ दराज डट कम डट एनपिका लागि विशेष मुल्य रु.१२ हजार ४ सय ९५ कायम गरिएको बताइएको छ । यसका साथै ग्राहकले १२०० एमबिएनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भौचर पनि सित्तैंमा पाइनेछ ।

यस प्रकारले स्मार्टफोनलाई बजारमा पेश गरेको हालसम्मकै पहिलो अवसर भएको कलर्स मोबाइलले जनाएको । फोनमा ८ मेगापिक्सल क्षमताको दुई क्यामरा अगाडी रहेका छन् भनें ८ मेगापिक्सलकै एक क्यामरा पछाडी भागमा रहेको छ । फिंगर प्रिन्ट सेन्सर रहेको सो फोनको बाहिरी बनावट देख्नमा र महसुस गर्नमा राम्रो रहेको छ ।

फोनमा ३ जिबी ¥याम र १६ जिबी रोम छ भनें यस्को संचालन एण्ड्रोइड एन (नउगाट ७.०) बाट गरिएको छ । कलर्स मोबाइलको आरम्भ टेलिटक प्रा.लि..ले सन् २००९ बाट गरेको र हाल यसको प्रयोगकर्ताहरु करिब २५ लाख रहेका कम्पनीको दाबी छ ।

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस