एनआईसी एशिया म्यूचुअल फण्डको विक्री खुल्ला

पुस ३०, २०७४

काठमाडौं, ३० पुस- एनआई सी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआई सी एशियाग्रोथ फण्ड म्युचुअल आगामी माघ  २ गतेदेखि बिक्री खुल्ला हँुदैछ । फण्डको आकार १ अर्ब रुपैयाको रहेको छ । फण्डको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक एनआई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका  लागि बिक्री गरिनेछ ।


औसतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रतिआर्कषण बढदै गहिरहेको छ । उक्त म्यूचुअल फण्डले औसत बार्षिक रुपमान्यूनतम १६ प्रतिशत सम्मनगदलाभाँशदिने अपेक्षाएनआई सी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए । साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफलपहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।
 


ADVERTISEMENT

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस