×

NMB BANK
NIC ASIA

नेपालमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदै, १५ भन्दा बढी देशका विशेषज्ञ सहभागी हुने

माघ २, २०७४

NTC
Premier Steels

काठमाडौं, २ माघ- नेपालमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आयोजना हुने भएको छ । स्वास्थ्य मन्त्रालय तथा क्यान्सरसम्बन्धी संघ-सस्थाहरुको सहकार्यलमा नेपाल अर्बुद रोग निवारण संस्थाले आयोजना गरेको सम्मेलन बिहीबारबाट शुरु हुनेछ।

Muktinath Bank

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम निर्देशक डाक्टर राजेन्द्रप्रसाद बरालले सम्मेलननमा विकासोन्मुख देशहरुमा क्यान्सरको प्रभाव बढी हुने भएकाले नेपालजस्तै विकासोन्मुख देशहरुमा क्यान्सरको जोखिम न्युनिकरणमा हुने चुनौतिका विषयमा छलफल हुने  जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा क्यान्सर रोगसम्बन्धी अन्तर्राष्ट्रिय संस्था युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (युआईसीसी) का अध्यक्ष सेन्सिय आरन्डाको पनि सहभागिता रहने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

सम्मलेनको उद्घाटन शत्रमा प्रधामन्त्री शेरबहादुर देउवा तथा स्वास्थ्यमन्त्री दीपक बोहोरा पनि सहभागी हुने आयोजकले जनाएको छ। दुईदिने सम्मेलनमा १५ भन्दा बढी राष्ट्रका करिब २ सय ५० जना अनुसन्धानकर्ता, क्यान्सरविरुद्धका अभियान्ता, क्यान्सर रोग विशेषज्ञ, नर्सलगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहने डा. बरालले बताए।

Vianet communication

सो अवसरमा क्यान्सरको विषयमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन/अनुसन्धानका विषयमा विज्ञहरुले प्रस्तुति दिनेछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि ३५ देखि ४० लाख क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन् । यस्तै क्यान्सर अस्पताल भक्तपुरमा वार्षिक १३ हजार नयाँ बिरामी उपचारका लागि आउने गरेको डा. बरालले बताए ।

उनले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर हुने जोखिम ९० प्रतिशत रहेकाले सम्मेलनमा उक्त विषयमा पनि छलफल हुने बताए ।

‘क्यान्सर रोगको मुख्य कारण भनेको सुर्तीजन्य पदार्थको सेवन नै हो । सुर्तीजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न सकेमा मात्रै क्यान्सरको रोगको न्यूनिकरण हुनसक्छ,’ डा. बरालले भने, ‘नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन नीति-नियम त बनेका छन्, तर कार्यन्वयन हुन सकेको छैन। त्यसैले सम्मेलनमा हामी सुर्तीजन्य पदार्थको सेवनलाई न्यूनिकरण गराउने विषयमा पनि छलफल गर्नेछौं ।’

नेपाली चिकित्सकहरुलाई नयाँ-नयाँ प्रविधिबाट उपचार पद्धतिको विषयमा जानकारी दिन सम्मेलनले सहयोग पुग्ने आयोजकको विश्वास छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x