×

NMB BANK
NIC ASIA

नवराज सिलवाललाई पक्राउ गर्न देशभर पत्राचार

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ– पूर्वडिआईजी तथा  नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले  देशैभर पत्राचार गरेको छ ।  

Muktinath Bank

बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातै प्रदेशका प्रमुखहरुलाई एक सर्कुलर जारी गर्दै सिलवालाई पक्राउ  गरेर महानगरीय प्रहरी  परिसर काठमाडौंमा बुझाईदिन निर्देशन दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी नेतृत्वको निर्देशनअनुसार प्रहरी निरीक्षक मदन कुँवरले हस्ताक्षर गरेर गरिएको पत्राचारमा मुलुकी ऐन किर्ते कागज महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केहि कुरा बुझ्नु पर्ने भएकाले  उनलाई खोजतलास गरी अबिलम्ब महानगरीय प्रहरी परिसरमा उपस्थित गराइदिन भनिएको छ । 


Advertisment
Nabil box
Kumari

आईजीपी बढुवाको क्रममा गोप्य हुने कार्यसम्पादन मूल्यांकन फाइल (कासमु) किर्ते गरेको अभियोग सिलवालमाथि छ । 

Vianet communication
Laxmi Bank

सर्वोच्च अदालतले सिलवाललाई कीर्ते प्रकरणमा दोषी ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउन  निर्देशन दिएको थियो । फैसला कार्यान्वयनको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न गत पुस १८ ललितपुर प्रहरीलाई पत्राचार काठमाडौं प्रहरीले पत्राचार गरेको थियो । 

 त्यसको केहीदिनपछि ललितपुर प्रहरीले सिलवाल फेला नपरेको व्यहोरा काठमाडौँ प्रहरीलाई पठाएकोमा बुधबार फेरि  प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरेको हो । 
प्रहरीले खोज्न थालेपछि ललितपुर १ बाट निर्वाचित सांसद सिलवाल अहिले फरार छन् ।  सिलवालको स्थायी ठेगाना ललितपुर महानगरपालिका वडा नम्बर ४ भएको बताइएको छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x