×

NMB BANK
NIC ASIA

डोटीमा तनाव, ३६ प्रदर्शनकारी र चार प्रहरी घाइते

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी, ५ माघ - ७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भइरहेको छ । 

Muktinath Bank

जिल्ला सदरमुकाम सिलगढीमा आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए । घाइते हुनेमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, नेपाली काँग्रेसका नेता सुशील घर्ती, स्थानीय आन्दोलनकारी सूर्य केसीलगायत छन् । तीमध्ये केसीको अवस्था गम्भीर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालयअघि भइरहेको कोणसभाका क्रममा आक्रोशित युवाले कार्यालय र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि २० भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा प्रहरीले लठ्ठी प्रहार गरेकामा प्रदर्शनकारीले प्रतिकार गर्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले ठूलो दमन गरेको आन्दोलनकारीले आरोप लगाएका छन् । 


Advertisment
Nabil box
Kumari


झडपका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि पनि प्रहरीले दमन गरेको छ । पत्रकार बसेको ठाउँमा अश्रुग्यास प्रहार गर्नाका साथै पत्रकारमाथि लाठी चार्जसमेत भएको थियो । सोही क्रममा नेपाल पत्रकार महासंघ डोटीका सचिव गणेश मौनी, पत्रकार खगेन्द्र सिंह, रोजेन्द्र जोशी, रामहरि ओझा र चक्रबहादुर कठायत र प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली घाइते भएका छन् । 

Vianet communication
Laxmi Bank

आन्दोलनकारीले क्षेत्रीय प्रशासनलगायत क्षेत्रीय कार्यालयलाई हातेसाङ्लो बनाएर घेराबन्दी गर्दै सरकारको विपक्षमा नाराबाजी गरेका थिए । यसअघि बिहान कार्यालय समयमा स्थानीय नेता जीतबहादुर खड्काको नेतृत्वको आन्दोलनकारीको टोलीले सम्पूर्ण क्षेत्रीय कार्यालयका प्रशासन तथा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेको थियो । 

सात नं प्रदेशका तराई र पहाडी जिल्लाको यातायात सेवा आजदेखि पूर्ण रुपमा बिच्छेद पारिएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडरमा नाकाबन्दी गरिएपछि सुदूरपश्चिमका सात वटै जिल्लाको तराईका जिल्लासँगको यातायात बिच्छेद भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x