×

NMB BANK
NIC ASIA

शुक्रबार दिनभर : प्रदेश प्रमुखले शपथ लिए, ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

माघ ६, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ माघ– सातवटै प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यलय शीतलनिवासमा शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ गराएकी हुन् । प्रदेश प्रमुखले शपथ लिएसँगै निर्वाचन आयोगलाई राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका लागि सहज भएको छ ।
आयोगले शुक्रबार नै प्रदेश प्रमुखहरुलाई प्रदेशसभा सदस्यहरुको सूची बुझाएको छ । अब प्रदेश प्रमुखहरुले प्रदेशसभा सदस्यहरुलाई शपथ खुवाउनेछन् । प्रदेश सभा सदस्यहरुको शपथ आइतबारका लागि तोकिएको छ । 

Muktinath Bank


प्रमाणपत्र प्रदान– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोगको कार्यलयमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । 
समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन् । 
यसैबीच, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका २१ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । यता आयोगले निर्वाचनको अनुकल वातावरण बनाउन आग्रह गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


ओली प्रचण्ड वार्ता– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच शुक्रबार तीन घण्टा ‘वान टु वान’ वार्ता भएको छ । दुई नेताबीच कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए । 
ओली र प्रचण्डबीच शनिबार थप गृहकार्य गरेर आइतबार एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने सहमति भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका २९ र माओवादीका १४ उम्मेदवार उठाउने उनीहरुको तयारी छ । 


Advertisment
Nabil box
Kumari


कांग्रेसको निर्णय– नेपाली कांग्रेसले पार्टीमा महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 
आगामी केन्द्रीय कार्य समितिको बैठकमा निर्वाचनको समीक्षा गर्ने र त्यसका लागि लिखित प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र आम निर्वाचनको समीक्षा हुने भएको छ ।बैठकमा बोल्ने नेताहरुले नेतृत्वको कमजोरीका कारण निर्वाचनमा पराजय भोग्नु परेको भन्दै कडा आलोचना गरेका थिए । 

Vianet communication


सर्वोच्चको आदेश– सर्वोच्च अदालतले विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । संविधानले तोके अनुसार शुल्क तिर्न नसकेका कारण विद्यार्थीलाई शिक्षाको हकबाट बञ्चित नगराउन र विपन्नलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो । 
गरिबीको रेखामुनी रहेका दलित, जनजाती, महिलालगायतका विद्यार्थीलाई सामुदायिक विद्यालयमा शुल्क नलिई पठनपाठन गराउन सर्वोच्चको आदेशमा भनिएको छ । 


नारायणगढ–मुग्लिन सडक– नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा सरोकारवालाबीच भएको छलफलपछि रातको समयमाभन्दा दिउँसोको समयमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने छ । 


‘राप्रपा प्रजातान्त्रिकको बैठक– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सन्तोषजनक कार्यसम्पादन गरेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको सचिवालय र मन्त्रीहरुको संयुक्त बैठकले देशलाई अस्थिरताबाट समाधान दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्ने प्रयोजनबाट गठित वर्तमान सरकारमा पार्टीले काम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । 


विदेशका खबर– भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले जनाएको छ । सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।
  

खेल खबर– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का प्रथम मदन भण्डारी क्रिकेट सम्मानबाट सम्मानित भएका छन् । किर्तिपुरको टियु मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेकी हुन् । नेपाली क्रिकेटमा योगदान गरेका विशेष व्यक्तिलाई दिइने यस सम्मानले वार्षिक निरन्तरता पाउने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x