कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
गुल्मी, ७ माघ- गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो ।
यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा आकर्षण सँगै त्यसको बिक्री पनि बढेपछि विगत वर्षका मेलाको तुलनामा यस पटकको मेलाबाट व्यवसायी पनि थप उत्साही बनेका छन् । मेलामा पूर्वी रुकुमदेखि व्यापारी काम्ला र राडी, पाखी, ओखरका घाँजी र बास र काठबाट निर्मित सामग्री बिक्री गर्न रिडी मेला आउने गर्दछन् । विगतका वर्षमा खासै व्यापार नहुने हुँदा निराश बनेका व्यापारी यो पटक सञ्चालन भएको माघी मेलाबाट उनीहरुमा खुशी थपिएको हो । रिडी मेलामा व्यापार गर्नका लागि भनेर बर्षेनी रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लाबाट पाँचदेखि सात दिनसम्मको पैदल यात्रा गरी उनीहरु गुल्मीको रिडी आइपुग्ने गर्दछन् ।
मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी रुकुमका दुर्गम गाउँमा भेडाको ऊनबाट तयार पारिएका राडी, पाखी, स्वेटर, टोपी र काँचो ऊन पनि बिक्री वितरण हुने गर्दछ । खाने सामग्रीमा ओखरको घाँजी, बदाम, गुँड र कन्दमूलले पनि मेलामा राम्रो बजार पाएको थियो । मेलामा बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँचीमा बाँसबाट बुनेर तयार पारिएका सुपा, डाला, थुन्से, भकारी, कपाल कोर्ने बाँसको काँइयोलगायत सामग्रीको व्यापार राम्रो भएको व्यवसायी बताउँछन् ।
पछिल्ला वर्षमा स्थानीय युवा क्लबले तीनदिने मेलालाई बढाएर पाँचदिने बनाएका छन् । यो पटक सञ्चालन भएको मेलाको कारोबार हेर्दा व्यापारीलाई उत्साहित बनाउनाका अतिरिक्त आयोजकलाई समेत थप उत्साहित बनाएको क्लबका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...