×

NMB BANK
NIC ASIA

कोकिन तस्करी : क्याप्सुलदेखि नाइलनको डोरीसम्म

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ– २०६८ सालयता प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३२ किलो १ सय ७९ दशमलव ५ ग्राम लागूऔषध कोकिन बरामद गरेको छ । कोकिन तस्करीमा संलग्न स्वेदशी तथा विदेशी गरी हालसम्म २० जना पक्राउ परेका छन् ।

Muktinath Bank

नेपालमा कोकिनका दुव्र्यसनी अहिलेसम्म फेला नपरेको प्रहरीको दाबी छ । कोकिन कारोबारीका अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाइरहेका छन् । प्रहरीले हालसम्म बरामद गरेको कोकिन विदेशी सूचनाकै आधारमा हो । प्रहरीले सूचना नपाएका कोकिन अहिले पनि नेपालको बाटो हुँदै तस्करी भइरहेको प्रहरी अधिकारी अस्विकार गर्दैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोकिन ओसारपसार अपराधमा खासगरी बोलिभियाली, फिलिपिनी, मलेसियाली, दक्षिण अफ्रिकी, थाई, चिनियाँ, पाकिस्तानी, भारतीय, नाइजेरियाली र भेनेजुएलाका नागरिक पक्राउ परेका छन् । कोकिन तस्करीमा हालसम्म एक जना मात्र नेपाली संलग्न देखिएको छ ।


Advertisment
Nabil box
Kumari

तस्करहरूले नेपाली रुट हुँदै कोकिन ओसार्ने भरिया नेपाल पस्नुअघि नै होटलदेखि फर्किने हवाई टिकटसमेत व्यवस्था गरेका हुन्छन्। प्रहरीबाट जोगिन ह्वाट्स एप र भाइबरमा कुराकानी गर्छन् । तस्करले धेरै उपयोग गर्ने अन्तर्रा्ष्ट्रिय रुटमा बोलिभिया, ब्राजिलको साओपाओलो, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन् ।

Vianet communication
Laxmi Bank

तस्करले धेरै उपयोग गर्ने अन्तर्राष्ट्रिय रुटमा बोलिभिया, ब्राजिलको साओपाओलो, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन् । अहिलेसम्मको प्रहरी अनुसन्धानले तस्कर बोलिभियामा बसेर भरियामार्फत कोकिन कारोबार गर्दै आएको देखाएको छ । 


कोकिनः क्याप्सुलदेखि नाइलनको डोरीसम्म
प्रहरीका अनुसार तस्करले झुक्याउन प्लास्टिक कोटेड क्याप्सुलदेखि नाइलन कोटेड डोरीलगायत विभिन्न वस्तुभित्र कोकिन राखी तस्करी गर्दै आएका छन् । २०७० फागुन ६ गते विमानस्थलबाट पक्राउ परेका नामिबियाली रेमन्ड जुंगु ओपेलले प्लास्टिक कोटेड क्याप्सुलमा कोकिन ल्याएका थिए । पेटको एक्स–रेमा क्याप्सुल देखिएपछि उनलाई अस्पतालमा लगी १ किलो ९ सय ४ ग्राम कोकिन बरामद गरिएको थियो ।
३ पाकिस्तानी महिला क्रमशः क्रिस्टिना, लोइस र आयशाले बिएन्डएस स्याम्पूको बट्टा, रेक्सोना इफिसियन्ट स्याम्पूको बट्टा, भिल्ला रिका कफिको प्याकेट र सुटकेसको डन्डीमा २ किलो ८ सय ३० ग्राम कोकिन ल्याएका थिए । 

भेनेजुएलाकी यमरिस कारमेन नाराभेजले गत वर्ष जेठ ९ गते ल्याएको १ किलो ६ सय २६ ग्राम कोकिन लिन आएका पपुवा न्युगिनीका मोहमेद लमाइन डोवा, नेपाली दिलबहादुर तामाङ र भारतीय तोइड खान पक्राउ परेका थिए । उनले माछा मार्ने प्लास्टिकको डोरीमा कोकिन ल्याएकी थिइन् । 


कहिले कति बरामद ?

अन्नपूर्ण पोस्टमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x