×

NMB BANK
NIC ASIA

नेपालकै पहिलो बायो ग्यास पावर प्लान्ट भालु पहाडमा

माघ ९, २०७४

NTC
Premier Steels

स्याङ्जा, ९ माघ– स्याङ्जाको पुतलीबजार नगरपालिका–४, भालु पहाडमा नेपालमै पहिलो अत्याधुनिक बायो ग्यास पावर प्लान्ट सञ्चालनमा आएको छ । सातजना स्थानीयले भिरकोट–६ मा ४० रोपनी क्षेत्रफलमा ५० करोडमा सञ्चालन गरेको देशकै ठूलो अत्याधुनिक खिलुङ्कालिका एग्रो फार्मले प्लान्ट सञ्चालनमा ल्याएको हो । 

Muktinath Bank

पावरप्लान्ट एग्रोबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको कम्पनीका कार्यकारी अधिकृत शोभाकान्त ढकालले जानकारी दिनुभयो । ३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ । प्लान्टबाट दैनिक एक टन अर्थात् असी बोटल ग्यास, ३५० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

झण्डै २० करोड रुपियाँको लगानीमा कम्पनी सञ्चालनमा आएको बताउँदै ढकालले भन्नुभयो, एउटै प्लान्टबाट तीन थरीका वस्तु उत्पादनका हिसाबले यो प्लान्ट देशकै पहिलो हो । 

Vianet communication

उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएको छ भने मल र ग्यास स्थानीय बजारमा एक महिनामा बिक्री गर्ने तयारी प्लान्टले गरेको छ । कार्यकारी अधिकृत ढकालले विदेशबाट आउने एलपी ग्यासलाई प्रतिस्थापन गर्नुका साथै मलिलो जैविक मलले कृषकलाई टेवा पुर्याउने बताउनुभयो । 

एकै दिनमा दुई लाख अण्डा उत्पादन गर्ने क्षमता भएको खिलुङ्कालिका एग्रो फार्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली मुख्य कच्चा पदार्थको स्रोत रहेको प्लान्टलाई चार टन गाई भैँसीको मल र दैनिक करिब दुई टन जैविक पदार्थको मिश्रण पछि तीन थरीका वस्तु उत्पादन भएको ढकालले बताउनुभयो, गोरखापत्रमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x