माघ २४, २०८०
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
काठमाडौं, ९ पुस– चालु आर्थिक वर्षमा घरजग्गासम्बन्धी कारोबारबाट हुने राजश्व असुली १ अर्बभन्दा बढीले घटेको देखिएको छ । घरजग्गासम्बन्धी विभिन्न कारोबारबाट सरकारले उठाउने राजस्व चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको देखिएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड ८१ लाख १० हजार ७ सय ९८ रकमले कमी आएको विभागका प्रवक्ता सम्मर सिंह ठकुलीले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षको पुस मसान्ससम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा केही कमी आएको देखिन्छ, तर राजस्वको लक्ष्यभन्दा बढी नै भएकाले यसलाई नराम्रो भन्न मिल्दैन ।’
सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा घरजग्गा कारोबारबाट ९ अर्ब २० करोड ५६ लाख ६० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
भूमिसुधार तथा व्यवस्थापन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३÷०७४ को पुस मसान्तसम्ममा घरजग्गा सम्बन्धि विभिन्न शिर्षकमा असुल भएको राजस्व १० अर्ब ७४ करोड ४ लाख ९४ हजार ५ सय २३ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म असुली भएको राजस्व १ अबै भन्दा बढीले घट्दै ९ अर्ब ६३ करोड२३ लाख ८३ हजार ७ सय २५ रुपैयाँमा सिमित भएको छ ।
गत आर्थिक वर्षको घरजग्गासम्बन्धि राजस्व असुली भने अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को भन्दा ह्वात्तै बढेको देखिएको छ । सो आर्थिक वर्षको घर जग्गा सम्बन्धि विभिन्न शिर्षकमा भएको राजस्व असुली जम्मा ४ अर्ब ३६ करोड २ लाख ९० हजार ८ सय १७ रुपैयाँ देखिएको छ ।
विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा घरजग्गा दस्तुर शिर्षकबाट ८ अर्ब ६९ करोड ८४ लाख ६४ हजार ४ सय ८४ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ८१ करोड ४८ लाख ४६ हजार २ सय ४२ रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी जग्गाको मोल शिर्षकमा चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड २३ लाख २६ हजार ३ सय ५२ रुपंयाँ संकलन भएकोमा गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ लाख ८९ हजार ६ सय ७ रुपैयाँ संकलन भएको देखिन्छ ।
यसैगरी फुटकर दण्ड जरिवाना शिर्षकबाट चालु आर्थिक वर्षमा ९० करोड २० लाख ५६ हजार २ सय ७४ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ८४ लाख २२ हजार ४० रुपैयाँ संकलन भएको विभागको तथ्यांकले देखाएको छ ।
त्यसै गरी राफ राफ तथा पुर्जा बिक्रीबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५७ लाख ९२ हजार ७ सय ९४ रुपैयाँ राजस्व असुली भएको छ भने स्गत आर्थिक वर्षको सोही अवधिमा सो शिर्षकमा ४४ लाख ७१ हजार ६९ रुपैयाँ राजस्व रकम असुली गरिएको छ ।
यसैगरी जग्गा रोक्काबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा असुली गरिएको राजस्व रकम १३ करोड ७४ लाख ३ हजार ८ सय २१ रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३० लाख ६३ हजार २ सय ४६ रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्ष २०७३÷०७४ को पुस मसान्तसम्ममा सोको अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा राजस्व रकममा ह्वात्तै बृद्धि हुनुमा जग्गा अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस) लागु गर्नु प्रमुख कारण भएको अधिकारीहरुले बताएका थिए ।
तर, सो प्रणाली लागु भएको एक आर्थिक वर्षपछि नै घरजग्गाबाट उठ्ने राजस्व घटेको देखिन्छ । यसको एक महत्वपूर्ण कारण नयाँखाले राज्य व्यवस्था भएको जानकारहरु बताउँछन् । भूमि सुधार मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा विगत २ दशकदेखि कार्यरत एक उच्च अधिकारी भन्छन्, ‘अहिले चुनावमा नेपाली काँग्रेसले फैलाएको अधिनायकवादको हल्ला र वामपन्थीहरुले रटान लगाइरहेको समाजवादको नाराले घरजग्गामा लगानी गर्नेहरु त्रसित भएका छन् ।’
अहिलेको जति हल्ला नहुँदा समेत पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारका पालामा पनि घरजग्गा कारोबारमा निकै मन्दी छाएको थियो ।
यता घरजग्गा कारोबार गर्ने घरजग्गा एजेन्ट संघ नेपाल (रिआन)का अध्यक्ष इश्वरप्रसाद खरेलले पनि संघीय नेपालले लिने आगामी नीतिबारे स्पष्ट नहुँदा घरजग्गा कारोबारी अन्योलमा रहेको बताउँछन् ।
‘नेपाल संघीयतामा गयो, अब सरकारले घरजग्गा सम्बन्धि कस्ता नीति लिने हो, यो बारे सबै अन्योलमा छन्, यसका कारण जग्गा कारोबारमा निकै मन्दी आएको देखिन्छ’ खरेलले लोकान्तरसँग भने ।
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...