×

NMB BANK
NIC ASIA

कैलाली, १४ माघ– पुस ७ गते सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजसासले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्र्वािचत सांसद रेशम चौधरीले निर्वाचित भएको प्रमाणपत्र तत्काल पाउन नसक्ने आदेश जारी गर्यो ।

Muktinath Bank

सांसद चौधरीले आफूविरुद्ध लागेको टीकापुर घटना घटाएको अभियोगको कानूनी प्रक्रियाबाट बाहिर रहेको भन्दै सर्वोच्चले संविधान अनुसार अर्को सुविधा दिन नसक्ने ठहर गरेपछि उनको सिंहदरवारको यात्रामा तत्कालको लागि पूर्णविराम लाग्यो । आफूलाई निर्वाचन आयोगले प्रमाणपत्र दिनुपर्ने माग गरी वारेसमार्फत सर्वोच्चमा दायर गरेको निवेदनमाथि सुनुवाई गर्दै फरार अभियुक्तले अदालती प्रक्रियालाई छलेर संविधान र कानूनको प्रावधान अनुसारको सुविधा लिन नपाउने ठहर गरेको हो । यसरी संसदमा टीकापुर घटनाको सफाइ दिने मनसुवा बनाएका रेशमको पहिलो गाँसमा ढुंगा लाग्न पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वि.स. २०७२ भदौ ७ गते सात जना प्रहरी र एक जना नाबालक मारिएको घटनाका आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ ।


Advertisment
Nabil box
Kumari

तर कैलाली निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशमले प्रवासमा रहेकै कारण न प्रत्यक्ष प्रचार न घरदैलौ न आमभा, मात्रै भिडियो सम्बोधनले करीव तीन गुणा मतान्तरले विपक्षीलाई पराजित गरे । जीतसँगै उनको चर्चा थप चुलियो । 

Vianet communication

चुनावमा ३४ हजार तीन सय ४१ मत पाएको उनको निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार चार सय छ मतमै चित्त बुझाउनु प¥यो । त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार दुई सय तीन मतमै सीमित हुनु प-र्यो । 

सर्वोच्चको उक्त निर्णय भएको केहि दिन अगावै सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित उच्च स्तरीय छानविन आयोगले तराई–मधेस आन्दोलन सम्बन्धी तयार पारिएको स्थलगत अनुगमन तथा छानविन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझायो । प्रतिवेदन अनुसार उनी घटनाको मुख्य योजनाकार नभएको उल्लेख गरेपछि उनको प्रवास बसाई समापन हुने आँकलन धेरैको थियो । तर उक्त प्रतिवेदन पूर्ण रुपमा सार्वजनिक नगरिनु र कार्यान्वयन प्रक्रियामा नजानुले उनको कानूनी उल्झन लम्बिदै गएको छ ।

२७ महिना देखि चौधरी नेपाल बाहिर रहेका उनी निकटहरुको दाबी छ । सामाजिक सञ्जाल नै आफ्नो सूचना अदानप्रदानको मुख्य साधन बनाएका उनी अधिकांश समय भारतमै बस्ने गरेको उनी निकटहरु बताउँछन् । जहाँ उनले जिविकोपार्जनकै लागि गोवा महोत्सवमा नेपाली मह विक्रि वितरण गरेको, स्कूलमा काम गरेकोलगायत जानकारी पुस्तक ‘टीकापुर घटनाको चिरफार’मा रेशमले उल्लेख गरेका छन् । प्रवासमै उक्त पुस्तक लेखेका उनी अर्को पुस्तकको तयारी समेत जुटेका छन् । अध्ययन र लेखनमा पनि वढी समय बित्ने गरेको उनी बताउँछन् ।

को हुन् रेशम चौधरी ?

कैलाली जिल्लाको जानकी गाउँपालिका ६ (साविक दुगौली गाविस ९) जगतपुरमा २०३४ साल असोज २१ गते बुवा लालविर चौधरी र आमा सुल्फी देवी थारुनीको कोखबाट जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे ।

प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्  ।
०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका उनी ०५१ सालमा ‘एकठो विरहीन’ नामक कविता संग्रह र भुवर विहान नामक थारु भाषाको गीति क्यासेट बजारमा ल्याए । नेपाली भाषामा उनले यति धेरै गीति क्यासेट बजारमा ल्याए कि, उनले आफै औंला भाँची गन्नुपर्ने हुन्छ । उनले हालसम्म ९३ वटा सांगितिक एल्बम निकालेको बताउँछन् ।

साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । उनको लेखन, निर्देशन, तथा अभिनय समेत रहेको थारु चलचित्र कमैया अब्बल मानिन्छ ।

बर्दियाको भुरी गाउँ, गुलरियालगायत तीन ठाउँमा उनको फूलवारी एफएम सञ्चालनमा छ । तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ । आजजनी घटनामा १ करोड ७४ लाख क्षतिपूर्ति पाएपछि उनले सर्वप्रथम टीकापुरस्थित बन्द एफएम रेडियो स्टेशन खोल्ने बताएका थिए । तर बाहिर आउने वातावरण नबनेका कारण सम्भव भएन ।

गायन तथा साँगितिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा क श्रेणीको गायक मानिन्छन् । खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् । भने खेलमै स्थायी जागिरे समेत भए ।

जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, ठाकुरनाथ स्मृति पुरस्कार, दैवी प्रकोप उद्धार पदक, शुभ राज्याभिषेक पदकलगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन्  ।

रेशमलाई अत्याधिक भोट !

बहुमुखी प्रतिभाका धनी रेशम चौधरी टीकापुर घटना र हालको निर्वाचनले मात्रै चर्चामा छैनन् । उनी बेला बखत चर्चामा रहने व्यक्तित्व मध्येका एक हुन् । उनको चर्चा हुनुको केहि कारण छ । सञ्चारको पहुँच नपुगेको तत्कालीन टीकापुरमा फूलवारी एफएम सञ्चालन गर्नु मात्रै नभर्ई, टीकापुरमा फूलवारी महोत्सव सञ्चालन गरी नेपालभरका कलाकारहरुको कुम्भ मेलाको आयोजना गर्ने नै उनै रेशम हुन् । हात्तीहरुको फुटबल खेल देखाउने, रेसलिङ खेल देखाएर पनि उनी निकै चर्चामै हुन्थे । त्यतिमात्रै नभई, कुनैबेला हेलिकप्टरमार्फत टीकापुरमा पुष्प वर्षात गराउने पनि उनै हुन  । 

कुनैबेला तात्कालिन भारतीय राजदुत राकेश सुदलाई टीकापुरमा आमन्त्रण गरी थारु महिलाहरुबाट सुदको गोडा धुन लगाएपछि उनको निकै आलोचना भएको थियो । तर यो त थारु संस्कृति नै हो भनेर उनले टारेका थिए । राजा ज्ञारेन्द्रको सक्रिय शासनकालमा प्रधानमन्त्री बन्न लाइन लागेर आवेदन दिएपछि पनि रेशम चर्चित थिए ।

टीकापुर घटनापछि कफ्र्युको समयमा थारुहरुको घरमा आगजनी भयो भने आगजनीमा संलग्न कोहि पक्राउन परेनन् । तर उनलाई राज्य पक्षले एकोहोरो रुपमा घटनाको मूख्य योजनाकारको आरोप लगाएको थारु समुदायको आरोप छ ।

थारुहरुले आफूहरुलाई राज्यले हेपेको, दमन गरेको र अन्यायमा परेको महसुस गरेका कारण थारु र गैर थारु मतदाताले रेशमलाई भोट दिएको विश्लेषण थारु अगुवाहरुको छ । 

चुनावी प्रचार प्रसारको क्रममा पनि रेशम चौधरीको प्रचारशैली निकै पृथक थियो । उनी निर्वासित भएपनि खासगरी पत्नी श्रेष्ठ रञ्जिताको अगुवाईमा प्रोजेक्टरमार्फत गाउँ–गाउँमा पीडा सुनाइन्थ्यो । यसरी मतदाताको सहानुभुती लिन उनी सफल भए । उनको प्रचारकहरुमाथि प्रहरी हस्तक्षेपले पनि उनको भोट संख्या बढ्यो ।

२०७२ साल भदौ ७ र ८ गतेको घटनाको सत्यतथ्य छानवीन नगरी राज्यले आन्दोलनको नेतृत्व गरेकै भरमा झुठो मुद्धा लगाएको रेशम चौधरीको भनाइ छ । अस्पतालमा उपचार गराइरहेका, खेतमा काम गरिरहेका, जिल्लाभन्दा वाहिर रहेका निर्दोष थारु तथा आन्दोलनका नेता एंव कार्यकर्ताहरुलाई विभिन्न मुद्धा लगाइ जेलमा कोचेको उनको भनाई छ  । हाल कैलाली कारागारमा पुर्पक्षको लागि २५ जनालाई थुनामा राखिएको छ ।

हालको आमनिर्वाचनबाट जनताहरुले आफु निर्दोष भएको प्रमाणित गर्नुका साथै थारु समुदायको माग र मुद्धा सम्बोधन उचित रुपमा सम्बोधन गर्नु पर्छ भनि अत्याधिक मतले आफुलाई बिजय गराएको उनी बताउँछन् । थारु मतदाताले सफल नेतृत्वको खोजले र गैरथारुले टीकापुरमा सद्भाव कायम गर्नुपर्छ भनेर आफुलाई भोट दिएको उनको भनाई छ ।

टीकापुरवारे के भन्छन् सांसदहरु ?

प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनबाट निर्वाचित सांसदहरुले राज्यले अनावश्यक रुपमा टीकापुर घटनाको विषयलाई अल्झाइरहेको टिप्पणी गरेका छन् । उनीहरुले टीकापुर घटना विशुद्ध राजनीतिक घटना भएकोले राजनीतिक तवरले सम्बोधन गर्नु पर्ने बताइरहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नारदमुनि रानाले राज्यले जनताको जनआकक्षा अझै गम्भिरतापूर्वक नलिएको ठोकुवा गरे । घटनाको निश्पक्ष छानविनको कार्यमा धेरै ढिलाई भएको भन्दै उनले दोषिलाई कारवाही र निर्दोषलाई रिहाई गरिनुपर्ने बताए । त्यस्तै सांसद रेशम चौधरीको उम्मेदवारी र बिजयलाई सन्दर्भलाई उल्लेख गर्दै भने–‘राज्यले कि त, उनको उम्मेदवारी नै खारेज गरिनुपथ्र्यो । या त उनको उम्मेदवारी सदर गरेपछि उनको शानदार जीतलाई सम्मान गर्दै स–सम्मान स्वादेश फिर्ताको वातावरण मिलाउनु पथ्र्यो ।’

त्यस्तै, सांसद गौरीशंकर चौधरी, वीरमान चौधरी, नेपालु चौधरीको भनाई पनि नारदमुनिको जस्तै छ । उनीहरु पनि जनादेशको कदर गर्दै रेशम चौधरीलाई प्रमाणपत्र दिनु पर्ने र टीकापुर घटनाले समाजमा पारेको जातिय दरारलाई पुर्नु पर्नेमा जोड दिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x