गोप्य अंगनजिक साम्राज्ञीले के लेखाइन् यस्तो ? तस्वीर बन्यो भाइरल

माघ १९, २०७४

काठमाडौं, १९ माघ- पछिल्लो समयकी व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि एक पटक चर्चामा आएकी छिन् । चलचित्र ‘कायरा’ छायाङ्कनका क्रममा फिलिपिन्समा रहेकी साम्राज्ञीले छायाङ्कन स्थलबाटै एउटा नयाँ तस्वीर सार्वजनिक गरेकी छन्, जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तस्वीर उनले वक्षस्थल नजिक ट्याटू बनाएको देख्न सकिन्छ । इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको उक्त तस्वीर भाइरल बनेलगत्तै त्यहाँबाट डिलिट गरिएको छ ।


ADVERTISEMENT

ट्याटूमा केही लेखेको देख्न सकिन्छ, तर के लेखिएको हो भन्ने तस्वीर हेरेर बुझ्न कठिन छ ।

आर्यन सिग्देलले निर्माण गरेको चलचित्र कायराका लागि उनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएकी छन् । चलचित्रमा साम्राज्ञी र आर्यनकै रोमान्स देख्न सकिने छ ।

माघ १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस