×

NMB BANK
NIC ASIA

चीनले उपत्यकाको चक्रपथ आठ लेनको बनाइदिने

माघ २१, २०७४

NTC
Premier Steels

काठमाडौं, २१ माघ– चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ । २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड (१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको छ ।

Muktinath Bank

बाँकी १७ किमि पनि विस्तार गर्न यही कम्पनी सहमत भएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कलंकीबाट महाराजगन्जसम्मको आठ दशमलव दुई किमि सडक विस्तार गर्ने विषयमा दुई साता अगाडि औपचारिक सहमति भइसकेको छ । अब यो खण्डमा पर्ने घर टहरा हटाउने, जग्गा खाली गरेर साइट क्लियर गर्ने पाटो हाम्रो हो। त्यसपछि चिनियाँ कम्पनीले निर्माण सुरु गर्नेछ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ कम्पनीले तीन वर्षभित्र पूरै सडक अहिले विस्तार भइरहेको कलंकी–कोटेश्वर खण्डसरहकै बनाउने भएको छ । चिनियाँ कम्पनीले कलंकी–कोटेश्व खण्ड करिब पाँच अर्ब रुपैयाँ खर्च गरेर स्तारोन्नति गरिहेको छ । 
कलंकी चोकमा अन्डरपाससहितको यो काम आगामी ६ महिनाभित्र पूरा गर्ने योजना छ। पहिलो खण्ड सकेपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ । त्यसपछि महाराजगन्जदेखि चाबहिल हुँदै कोटेश्वेरसम्म विस्तार हुने जानकारी श्रेष्ठले दिए। 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘चाबहिलदेखि गौशालासम्मको करिब डेढ किमि खण्डमा धेरै संरचना भएको र त्यसलाई हटाउनु चुनौतीपूर्ण भएकाले यो खण्डमा फ्लाई ओभर बनाउने प्रस्ताव गरिएको छ। चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने पूरै चक्रपथ खण्डअन्तर्गत डेढ किमि दूरीमा फ्लाइओभर बनाएर काम गर्न कम्पनी तयार रहेको जानकारी श्रेष्ठले दिए, अन्न्नपूर्ण पौस्टमा खबर छ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x