×

NMB BANK
NIC ASIA

आस्वा र सिआस्वामा के फरक छ ? यस्ताे भन्छ बाेर्ड

माघ २३, २०७४

NTC
Premier Steels

काठमाडौँ, २३ माघ–  नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सहज बनाउन आगामी फागुन ११ गतेदेखि केन्द्रीय आस्वा प्रणाली लागू गर्ने भएको छ । 

बोर्डले आज एक सूचनामार्फत आस्वा प्रणाली र सेन्टर आस्वा प्रणालीमा फरक रहेको भन्दै त्यसका कुनै दुविधा नराख्न समेत आग्रह गरेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ)ले सि–आस्वा प्रणाली आगामी फागुन ११ गतेदेखि लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा बोर्डले त्यसका लागि सहजीकरण गरिरहेको र आवश्यक मार्गदर्शन गरिरहेको जनाएको छ । 

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि आवेदनको बाँडफाँड परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थालाई आस्वा प्रणाली भनिदै आएको छ । 

सिआस्वामा भने घरमै बसेर पनि धितोपत्र खरिदका लागि आवेदन दिन सकिने भएकाले लगानीकर्ताले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा रजिष्ट्रेशन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ । उक्त नम्बर लिई लगानीकर्ता स्वयम् आफै अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । 

त्यसरी आवेदन दिन नसक्नेका लागि विद्यमान आस्वा फारम भरी बैंक तथा वित्तीय संस्थाबाटै आवेदन दिन सकिने भएकाले दुविधा नराख्नसमेत बोर्डले आग्रह गरेको छ । ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मार्फत आस्वा प्रणाली लागू गरिएको हो । 

धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्यनिर्देशिका, २०७४ बोर्डले यसअघि नै स्वीकृत गरिसकिएको छ । 

सिआस्वा विशेष गरी बैंक तथा वित्तीय संस्थाका लागि बढी उपयुक्त हुने बोर्डको भनाइ छ । 

करिब दुई करोड कित्ता शेयर सूचीकृत 

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जमा आज एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता शेयर सूचीकृत भएको छ । स्टकमा बैंक अफ काठमाडौँको संस्थापक शेयरसँगै अन्य पाँच कम्पनीको शेयर सूचीकृत भएको हो । 

बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै छिमेक लघुवित्त विकास बैंकको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर र आइसिएफसी फाइनान्सको आठ लाख तीन हजार ८८५ कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एक लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । स्टककाअनुसार सोल्टी होटलको पनि ८६ लाख ८८ हजार २४४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x