×

NMB BANK
NIC ASIA

रसुवागढी र साञ्चेजको साधारण सेयर निष्कासन हुँदै

माघ २४, २०७४

NTC
Premier Steels

काठमाडौं, २४ माघ- रसुवागढी जलविद्युत आयोजना र साञ्जेन जलविद्युत आयोजनाले पहिलो चरणको साधारण सेयर निष्कासन गर्न लागेका छन् । दुवै आयोजनाले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, स्थानीय तहका कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याइएको सेयर जारी गर्न लागेका हुन् । बुधबार राजधानीमा एक पत्रकार सम्मेलन गरी सो कार्यक्रमबारे जानकारी दिइएको हो । दोस्रो चरणमा आयोजना प्रभावितका लागि सेयर निष्कासन गरेपछि बाँकी रहेको सेयर सर्बसाधारणका लागि जारी गरिनेछ ।

Muktinath Bank


जसमध्ये नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रसुवागढी आयोजनाले कर्मचारीका लागि २४ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । सो आयोजनाले सर्वसाधारण समूहका लागि छुट्याएको ४९ प्रतिशतमध्येबाट कर्मचारीलाई मात्रै २४ प्रतिशत सेयर जारी गर्न लागिएको हो । जसमध्ये विद्युत प्राधिकरणका अनुसार कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत सेयर जारी गर्न लागिएको छ । कम्पनीका संस्थापक संस्थाहरू नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय तहका कर्मचारीहरूका लागि ३ दशमलव ५ प्रतिशत तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीहरूका लागि १ प्रतिशत सेयर निष्काशन गर्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह­का कर्मचारीहरूको लागि छुट्याइएको २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र कर्मचारी संचयकोषका कर्मचारीहरूका लागि छुट्याइएको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर छुट्टाइएको छ । सेयरका लागि कर्मचारीले ५ गतेदेखि १३ सम्म आवेदन दिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तै, कर्मचारी संचयकोषका संचयकर्ता कर्मचारीहरूको लागि छुट्याइएका १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरका लागि भने फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ ।


Advertisment
Nabil box
Kumari


जसमध्ये सञ्चयकोषका सञ्चयकर्ता र संस्थापकहरुले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् भने सञ्चयकोषका कर्मचारीहरले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकताम २५ सय कित्तासम्म सेयर आवेदन दिन सक्नेछन् । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा निर्माणाधीन आयोजनाको अनुमानित लागत विद्युत खरिद बिक्री सम्झौता (पीपीए) बमोजिम १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

Vianet communication

तर भूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारण यसको लागत केही बढ्न सक्ने अनुमान गरिएको सो योजनाले २०७६ साल पुस १५ देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ६० प्रतिशत काम सकेको बताइएको छ । यसैगरी साञ्जेन जलविद्युत आयोजनाले पनि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीहरूका लागि सेयर निष्कासन् गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणतर्फ छुट्याएको ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र कर्मचारी सञ्चयकोषका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।


सञ्चयकर्ताका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयरका लागि सञ्चयकर्ताले फागुन ११ देखि ३० गतेसम्म आवेदन दिनुपर्नेछ । नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्टाइएको छ । यसैैगरी, कर्मचारी सञ्चयकोषका कर्मचारीहरूलाई भने ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर छुट्याइएको छ ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ र जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३९ दशमलव ३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० दशमलव ३६ प्रतिशत, रसुवाका स्थानीय तहको १ दशमलव २८ प्रतिशत संस्थापक सेयर छ ।

यस कम्पनीले दुई अर्ब २२ करोडमा १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेनको र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत आयोजना पाँच अर्ब २ करोड रुपैयाँमा निर्माण हुँदैछ । प्राधिकरणका अनुसार हालसम्म माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने २०१९ को जुलाई सम्ममा निर्माण सक्ने गरी काम अघि बढाइएको विद्युत प्राधिकरणले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x