शीतकालीन ओलम्पिकमा किम र ट्रम्प साथसाथ !

काठमाडौं, २९ माघ — दक्षिण कोरियाको प्योङचाङमा चलिरहेको शीतकालीन ओलम्पिकमा उत्तर र दक्षिण कोरियाले भाग लिइरहेका छन् । 

उत्तर कोरियाको आणविक कार्यक्रमका कारण कोरियाली प्रायद्वीपमा हालैका दिनमा तनाव चर्केको थियो । दक्षिण कोरियाको समर्थन गर्ने अमेरिकाका राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच वाग्युद्ध समेत चलेको थियो । 

तर शीतकालीन ओलम्पिक नजिकिँदै गर्दा किमले नरम रवैया अपनाउन थाले अनि ओलम्पिकमा भाग लिनका लागि दक्षिण कोरियासँग कुराकानी थाले । 

शुक्रवारदेखि शुरू भएको खेल समारोहमा किमले आफ्नी बहिनी किम यो–जोङ र राष्ट्राध्यक्ष किम योङ–नमलाई पठाएका छन् । किम यो–जोङले दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई उत्तर कोरियाको भ्रमण गर्ने निम्तो पनि दिएकी छन् ।

यसैबीच ओलम्पिक खेलमा किम र ट्रम्पको मिमिक्री गर्ने कलाकारहरूले हात मिलाएर दुई देशबीच संवादको सन्देश दिएका छन् । 

बीबीसीबाट

माघ २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस