×

NMB BANK
NIC ASIA

डिभिजन टू क्रिकेट : क्यानडालाई नजिते पनि अघि जान सक्छ त नेपाल ?

फागुन १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ फागुन- आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन टू'अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेल बाँकी रहँदा नेपाल ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ ।

Muktinath Bank

पहिलो स्थानमा रहेको क्यानडाले पनि समान ६ अंक जोडेको छ । तर नेट रनरेट क्यानडाको निकै उच्च र नेपालको ऋणात्मक (माइनसमा) छ । यही ऋणात्मक रन रेटका कारण नेपाललाई शीर्ष २ मा पर्न आफ्नो अन्तिम खेल जित्नै पर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार नेपालले क्यानडाको सामना गर्दैछ । 'डिभिजन थ्री'बाट बढुवा भएको क्यानडा जारी प्रतियोगितामा निकै राम्रो लयमा छ ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् अंकतालिका :

Vianet communication
Laxmi Bank

नामिबिया र केन्याबाहेक सबै टोलीले १/१ खेल खेल्न बाँकी छ ।

नामिबिया र केन्याबीचको मंगलबारको खेलको नतिजा जे आए पनि त्यसले नेपालका लागि खासै फरक नपर्ने देखिएको छ । नामिबियाले जिते नेपाल तत्कालका लागि अंक तालिकाको तेस्रो स्थानमा झर्छ । तर आफ्नो अन्तिम खेल जित्दा पुन: दोस्रो स्थानमा उक्लिने छ । केन्याको सामान्य जित पनि नेपालका लागि फाइदाजनक हुने देखिँदैन । 

धेरै फाइदा नपुगे पनि नामिबियाकै हारमा नेपाल खुशी हुन भने सक्छ । नामिबिया नेपालसँगै शीर्ष २ को दौडमा कायम छ ।

एक मात्र विकल्प जित 

अन्तिम चरणमा बुधबार नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्या आमने-सामने हुनेछन् ।

मंगलबारको खेलमा केन्यासँग हारेकै अवस्थामा पनि नामिबियासँग ४  अंक त हुन्छ नै । अन्तिम खेलमा युईएलाई जितेमा केन्या ६ अंक जोडेर हालको नेपाल भन्दा अघि जानेछ । अर्को तर्फ युएईले जितेमा पनि नेपालभन्दा अघि पुग्ने निश्चित प्राय: छ ।

माथि उल्लेखित खतराबाट बच्ने नेपालको एकमात्र विकल्प क्यानडाविरुद्ध जित नै हो । क्यानडालाई जितेमा अन्य कुनै पनि समीकरणले नेपाललाई शीर्ष २ मा पर्न छेक्ने छैन । नेपालले विश्वकप छनोटका लागि जिम्बावेको टिकट पक्का गर्नेछ ।

नगन्य २ समीकरण

क्यानडासँगको खेलमा जितविना अघि जान निकै गाह्रो छ । तर 'असम्भवप्राय:' मानिएका २ वटा समीकरण भने छन् ।

समीकरण १ : केन्यासँग नामिबियाको फराकिलो हार, नामिबियासँग युएईको झिनो हार

यस्तो अवस्थामा क्यानडासँग झिनो हारले नेपाल अघि जाने सम्भावना हुनसक्छ । तर, यसरी त्रिपक्षीय समीकरण मिल्नु असम्भवप्राय: छ ।

समीकरण २ : वर्षा वा अन्य कुनै कारणले खेल नै सम्भव नहुनु

वर्षा वा अन्य कुनै कारणले अन्तिम चरणको खेल नै सम्भव नभएर अंक बाँडिएको अवस्थामा पनि नेपाल अघि जानसक्छ ।

साथै केन्यासँग नामिबियाले हारेर नामिबिया र युएईको खेल मात्र रद्द भएमा पनि नेपाललाई फाइदा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x