×

NMB BANK
NIC ASIA

ट्रम्प-पुटिन फोनवार्ता, उत्तर कोरियाको बारेमा के भयो कुराकानी ?

फागुन १, २०७४

NTC
Premier Steels

वासिङ्टन, अमेरिका, १ फागुन -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । 
ह्वाइट हाउसद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मस्कोबाट रसियाकै उत्तरपश्चिमी क्षेत्रका लागि उडेको साराटोभ विमान कम्पनीको ७०३ नम्बरको उडान मस्कोबाट उडेको केही समयमा दुर्घटना भएकोप्रति दुख व्यक्त गर्नुभएको छ । 
विमान दुर्घटनामा विमानमा रहेका सम्पूर्ण (छ चालकदलका सदस्य र ६५ जना) यात्रुको मृत्यु भएको पुष्टि भइसकेको छ । अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनामा परी मृत्यु भएका चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुप्रति श्रद्धाञ्जली तथा मृतकका आफन्तजनमा समवेदना प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 
अमेरिकी राष्ट्रपतिले विमान दुर्घटनाका बिषयमा अनुसन्धानका लागि आवश्यक परे रसियाली अधिकारीलाई सघाउन अमेरिका तयार रहेको बताउनुभएको बुझिएको छ । 

यसैबीच रसियाली राष्ट्रपति पुटिनले प्यालेष्टाइन तथा इजरायलबीच शान्ति प्रक्रियाका सम्बन्धमा सोमबार नै प्यालेष्टिनी उच्च अधिकारी तथा राष्ट्रपति मोहम्मद अब्बासलाई भेट्न लागेको बताउनुभएको थियो । 
प्रतिक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिवार्ताका लागि खट्नुपर्ने समय आएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । 
गत डिसेम्बरमा अमेरिकी ट्रम्प प्रशासनले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरेको थियो । यसै अनुरुप इजरायलको तेल अभिभमा रहँदै आएको अमेरिकी दूतावासलाई जेरुसेलममा सार्ने घोषणा गरेको थियो । यसै बिषयलाई कायान्वयनमा लैजान अमेरिकी विदेशमन्त्री टिलरसन अहिले मध्यपूर्वको भ्रमणमा हुनुहुन्छ । 
प्यालेस्टिनीहरूले पनि जेरुसेलमलाई आफ्नो राजधानीका रूपमा दावी गर्दै आएका छन् । 
जेरुसेलमबारे अमेरिकी घोषणाको विश्वभरबाट आलोचना भएको छ । प्रतिक्रियामा वासिङ्टनले आफ्नो तर्फबाट प्यालेष्टिनी शरणार्थीलाई दिँदै आएको आर्थिक सहयोगलाई रोक्का गरेको छ । अमेरिकाले प्यालेस्टिनीले प्रस्ताव गरेको शान्ति योजना मान्न दवाव दिन सहयोग रोक्का गरेको हो । तर प्यालेस्टाइनले अमेरिकी प्रस्तावलाई अस्वीकार गरिरहेको छ । 
सोमबार भएको फोनवार्तामा ट्रम्प र पुटिनबीच कोरियाली प्रायद्वीपलाई आणविकविहीन वनाउने लगायतका आपसी चासोका अन्य बिषयमा पनि कुराकानी भएको वासिङ्टनले जनाएको छ । रासस  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x