अस्ट्रियामा दुई ट्रेन जुध्दा एकको मृत्यु, २२ घाइते

काठमाडौं, १ फागुन — मध्य अस्ट्रियाको स्टीरियामा दुई ट्रेन ठोक्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार यो दुर्घटना लियोबेननजिक निकाल्सडोर्फमा दिउँसोको समयमा भएको थियो । 

दुर्घटनाको कारण पत्ता लागेको छैन । दुर्घटनामा महिलाको मृत्यु भएको हो भने तीनजना बालबालिका घाइते छन् । रेलवे लाइन अनिश्चित समयका लागि बन्द गरिएको छ । सरकारले घटनाको अनुसन्धान शुरु गरेको छ । 

एजेन्सी
 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस