मानभवनस्थित एक घरमा ४० मिनेट बसेर निस्किए ओली र प्रचण्ड

काठमाडौं, १ फागुन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार करिब ४० मिनेट छलफल भएको छ ।

ललितपुरको मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा साँझ ५:१० मा प्रवेश गरेका ओली र प्रचण्ड ५ बजेर ५० मिनेट जाँदा बाहिरिएका छन् ।

घरबाट बाहिरिने क्रममा दुवै नेताले केही प्रतिक्रिया दिएनन् ।

पार्टी एकतालाई ठोसरूप दिने विषयमा दुई अध्यक्षबीच कुराकानी भएको निकट स्रोतले जनाएको छ ।

ओली र प्रचण्डमात्रै सहभागी वार्तामा बुधबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको स्रोतले जानकारी दियो ।

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस