प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

फागुन २, २०७४

काठमाडौं, २ फाुगन –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको शिर्ष–२ स्थानमा रही एक दिवसीय विश्वकपको छनोटमा पुग्न सफल भएकोमा प्रचण्डले बधाई दिएका हुन् । 
 प्रचण्डले नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमलाई भविष्यमा थप सफलताको शुभकामना समेत दिएका छन् । 
आज क्यानडाविरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गर्दै  नेपाल विश्वकप छनोटमा पुगेको हो । 
 


ADVERTISEMENT

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस