×

NMB BANK
NIC ASIA

चीन र रुसले सैन्य शक्ति बढाउँदा अमेरिकी वर्चस्व घट्यो

फागुन ३, २०७४

NTC
Premier Steels

काठमाडौं, ३ फागुन — चीन र रुसले लगातार सैन्य शक्ति बढाउँदै गर्दा अमेरिका र उसका सहयोगीहरूको सैन्य वर्चस्वका लागि चुनौती तेर्सिएको छ । 

इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्य्राटेजिक स्टडीजले तयार पारेको वार्षिक प्रतिवेदन मिलिटरी ब्यालेन्स २०१८ मा पश्चिमी शक्तिहरूलाई पहिले प्राप्त रणनीतिक फाइदाको भर परेर बस्न नसकिने उल्लेख छ । 

रिपोर्टमा महाशक्तिहरूबीच युद्धको आशंका निश्चित नभएको तर रुस र चीनले कुनै पनि संघर्ष हुन नदिन व्यवस्थित रूपमा तयारी गरिरहेको लेखिएको छ । चीनको नेतृत्वले शक्तिशाली हतियारहरूको संख्या बढाइरहेको कुरा रिपोर्टमा सविस्तार वर्णन गरिएको छ । 

चीनले जमीन, हावा र पानी सबैतिर सैन्य शक्ति बढाइरहेको छ । हालै चीनले जे–२० लडाकू विमान हतियारका रूपमा सन् २०२० देखि प्रयोगमा ल्याउने बताएको थियो । यो एक गोप्य विमान हो जुन कुनै राडारमा देखिँदैन । 

यसरी चीनले गोप्य विमानका विषयमा अमेरिकाको एकाधिकार तोडेको छ । अनि चीनले एयर टु एयर पील–१५ क्षेप्यास्त्र प्रणाली पनि इलेक्ट्रोनिक स्क्यान्ड राडारयुक्त बनाउँदैछ । 

पैसा र व्यावसायिक कारणले गर्दा रुसको सैन्यीकरण अलिक स्लो भएपनि सिरिया र युक्रेनको युद्धबाट प्राप्त अनुभवले रुसलाई खुबै फाइदा दिएको छ । रुसले साइबर आक्रमणबाट बच्ने क्षमता पनि बढाएको छ । 

आईआईएसएसका निर्देशक जनरल डा जोन चिपम्यानले भने, ‘पश्चिमी मुलुकका केही सरकारले लीप अहेड प्रविधिमार्फत अघि बढ्ने कोशिश गर्नेछन् तर उनीहरूको सफलता निश्चित छैन । जसरी चीनले प्रविधिमार्फत हतियारको
संख्यामा वृद्धि गरिरहेको छ, त्यसमार्फत उसले विश्वव्यापी सुरक्षा इन्नोभेटर बनेर पश्चिमी मुलुकको बराबरी गर्न चाहन्छ ।’

रिपोर्टका अनुसार, सुरक्षा प्रविधि तथा निर्माणका विषयमा अब पश्चिमी देशहरूको एकाधिकार रहेन । चीन त उनीहरूभन्दा अघि बढ्न सक्छ । तर आफ्नो क्षमतालाई सर्वश्रेष्ठ प्रयोग गर्नका लागि चीनले युद्धनीतिमा सुधार गर्नुपर्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x