×

NMB BANK
NIC ASIA

बन्द उद्योगमा प्रदेश सरकारको आँखा : बुटवलकाे धागो कारखाना मासेर मन्त्रालय राख्ने तयारी

फागुन ५, २०७४

NTC
Premier Steels

बुटवल, ५ फागुन– प्रदेश नम्बरको ५ को सरकारले विगत १० वर्षदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा मन्त्रालयका भवन राख्ने तयारी थालेको छ । प्रदेशकै गहनाको रूपमा रहेको कारखानालाई मासेर प्रदेश सरकार मन्त्रालय व्यवस्थापनमा लागेको भन्दै कतिपयले यसको विरोध गरेका छन् । 

Muktinath Bank

तत्कालका लागि अस्थायी रूपमा मन्त्रालय व्यवस्थापन गर्ने बताइए पनि प्रदेश सरकार बन्द उद्योगमा मन्त्रालयका नयाँ संरचनाहरू निर्माण गर्ने  मनस्थितिमा पुगेको बताइएको छ । धागो कारखानालाई बन्द गरेर मन्त्रालय बनाउन नहुने भन्दै यस क्षेत्रमा उद्योगीहरूले विरोध गरेका छन् । केही दिन अगाडि बुटवल माध्यामिक विद्यालयलाई पनि मन्त्रालय राख्ने भन्दै मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधिसभा सदस्य विष्णु पौडेललगायतको टोलीले निरीक्षण गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल–१० रामनगरमा रहेको धागो कारखानाको प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेल नेतृत्वको टोलीले अवलोकन गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले मन्त्रालय राख्नका लागि भवनहरू उपयुक्त छन् कि छैनन् भन्ने अध्ययन गर्न प्राविधिक टिम गठन गर्न लागिएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

Vianet communication

प्रदेश सरकारका प्रवक्तासमेत रहेका चौधरीले भने, ‘उद्योग बन्द छ । जग्गा फराकिलो पनि देखियो । कारखानालाई मन्त्रालयमा रूपान्तरण गर्न हामीले प्राविधिक टोली खटाउँछौं । त्यसैको प्रतिवेदन अनुसार हामी अगाडि बढ्छौं ,’ अवलोकनपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता चौधरीले भने । उनले अगाडि थपे, ‘कम्तीमा पनि हामीहरूले यहाँ ४ वटा मन्त्रालय राख्ने सोंच बनाएका छौं ।’ धागो कारखाना ११ विगाहा क्षेत्रफलमा फैलिएको छ । अहिले धागो कारखानामा दंगा नियन्त्रण प्रहरी बसेको छ । 

कारखानामा मन्त्रालय राख्न नहुने भन्दै यहाँका उद्योगीहरूले त्यसको बिरोध गरेका छन् । रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले यस क्षेत्रकै गहनाको रूपमा रहेको उद्योगलाई धागो कारखानाकै रूपमा सञ्चालन गरिनुपर्ने बताए । उनले भने, ‘राज्यका धेरै उद्योगहरू धरासायी बनेर बन्द भए । अब प्रदेश सरकार बनेको छ । बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्छ । यसैलाई मास्ने गरी मन्त्रालय बनाउन हुँदैन ।’ केही नयाँ उपकरणहरू थप गरेर उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्थामा उद्योग रहेको बताइन्छ । 

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालय एउटै भवनमा राखिएको छ । धागो कारखानामा सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राख्ने तयारीमा प्रदेश सरकार  लागेको हो । एउटै भवनमा ५ वटा मन्त्रालय राख्न कठिनाई हुने भन्दै मुख्यमन्त्रीको भवनमा रहेका मन्त्रालयहरू पनि उपयुक्त ठाउँ पाए सार्न सक्ने मनस्थितिमा पुगेको बताइन्छ । 

२०४२ सालमा स्थापना भएको धागो उद्योग २०६३ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । जहाँ ४९ प्रतिशत जनताको र ५१ प्रतिशत सरकारको शेयर छ । उद्योग सञ्चालन हुँदा बर्दियामा कपास उत्पादन गर्ने र त्यो कपासलाई बुटवलमा ल्याएर धागो बनाउने गरिन्थ्यो । यहाँ उत्पादित धागोलाई हेटौडामा लगेर कपडा उत्पादन गर्ने गरी स्थापना भएका कपास, धागो र कपडा तीनै उद्योग अहिले बन्द अवस्थामा छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x