×

NMB BANK
NIC ASIA

डाँडा चहार्दै लौराेकाे भरमा तिम्बुपोखरी

फागुन ७, २०७४

NTC
Premier Steels

पाँचथर, ७ फागुन-  पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । 

लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन् । 

चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ । समुद्र सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्व पनि बोकेको छ । यसलाई विष्णुपोखरीसमेत भनिन्छ । यहाँ पूजा गर्न जानेहरु प्रशस्तै भेटिन्छन् ।

Muktinath Bank

यहाँबाट तिम्बुपोखरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । बर्सेनि यहाँको सौन्दर्यले मानिसलाई तान्ने गरेको तिम्बुपोखरी नजिकैको थाङ्मा खोलाका गोठ सञ्चालक मदन गौतम बताउँछन् । 

तिम्बुपोखरीसँगै पहाडे मेगु, फालोट लगायतका आकर्षक लेकाली क्षेत्र छन् । जैविक विविधताले यो क्षेत्र भरिभराउ छ । हेरेर आँखा नअघाउने दृश्य यहाँ हेर्न पाइन्छ । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या वृद्धि भएसँगै तिम्बुपोखरीको प्रचार र महत्व बढ्दै गएको पोखरी संरक्षण समितिका अध्यक्ष भीम भण्डारीले बताउनुभयो । 

पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रुपमा मानिएको छ । यहाँ पुग्न पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ । लेकका आकर्षक डाँडा चहार्दै तीन दिनको यात्रामा तिम्बुपोखरी पुगिन्छ । यहाँ प्रशस्त लेकाली जडीबुटीसमेत पाइन्छन् । ठाउँठाउँमा गोठहरु छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहीँ चौरी, उराङ र याकसँग रमाउन सकिन्छ । पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरी नै टेकेर हिँड्नुपर्छ । 

स्थानीयवासी यामबहादुर भण्डारीका अनुसार यहाँ केही दिन घुम्नका लागि विभिन्न ठाउँ छन् । च्याङ्थापुदेखि फलैँचा, कालीखोला हुँदै यहाँ पुगिन्छ । भारतको सिक्किमको सिमाना नजिकै रहेको तिम्बुपोखेरीदेखि केही घण्टा हिँड्दा सिक्किमको लक्ष्मीपोखरी पुगिन्छ ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म यस्ता पोखरी अवलोकनका लागि धेरै पर्यटक नजाने हुँदा सफा र चिटिक्क देखिन्छ । लेकाली क्षेत्र भएकाले लेक लाग्ने सम्भवना भने उत्तिकै हुन्छ । गोठमा बास बस्दै यात्रा गर्नेहरू अचेल भेटिन थालेका छन् । आन्तरिक पर्यटक नै बढीजसो यस क्षेत्रमा आउने गरेको स्थानीयवासीको भनाइ छ । 

यहाँ आउनेले गोठमा बस्ने, सुत्ने र खाने गर्नुपर्छ । यो क्षेत्र उति धेरै महँगो छैन । यहाँ जाँदा एक्लै भन्दा पनि समूहमा जाने र पथप्रदर्शक लिएर जानुपर्ने हुन्छ । यहाँका दृश्यहरु कुमारी छन् । अग्ला अग्ला पहाड आकर्षक छन् । ठाउँठाउँमा गोठमा बस्दै उकालो चढ्नेहरु भेटिन्छन् । 

सिक्किमको सिमाना नजिक छ । चाँैरी, भेडा, याक, उरागसँग रमाउँदै उकालो चढ्न सकिन्छ । तिम्बुपोखरीलाई विष्णुपोखरी पनि भनिने स्थानीयवासीले बताए । कतिपय मानिस तिम्बु हुँदै सिक्किमको लक्ष्मीपोखरीसम्म पुग्ने गर्छन् । कुम्भकर्ण लगायतका हिमाल हेर्दै उकालिनेहरु भेटिन्छन् । च्याङ्थापु देखि उकालो, ओरालो गर्नेको संख्या बाटोमा प्रशस्त भेटिन्छ । 

तिम्बुपोखरीमा आउनेको संख्या बढ्दै गएको अनुभव छ, संरक्षणको क्षेत्रमा क्रियाशील रहेका मन्जित राईको । बर्सेनि सो क्षेत्र पुग्ने उहाँको अनुभवमा पछिल्ला वर्षमा तिम्बुपोखरी र यहाँ रहेका दृश्यले धेरैको मन तानेको छ । विकास हुँदै जाँदा यो संख्या बढेर जाने अनुमान उहाँको रहेको छ ।

Vianet communication

बाटोभरि ठूल्ठूला झोला बोकेर उकालो–ओरालो गर्नेहरु भेटिन्छन् । उच्च क्षेत्र भए पनि पदयात्रीहरु बढेका छन् । यो क्षेत्र जैविक विविधताको धनी रहेको छ । यहाँ जान एक साता लामो यात्रामा निस्किन सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x