×

NMB BANK
NIC ASIA

प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन र सोम आले मारिए

फागुन ९, २०७४

NTC
Premier Steels

बुटबल, ९ फागुन– प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् ।  बुधवार बिहान  देवदहमा प्रहरीसँग भएको मुडभेडमा उनी मारिएका हुन् । प्रहरीसँगको मुठभेडमा  घाइते भएका उनलाई  लुम्बीनी अञ्चल अस्पताल लगिएकामा त्यही मृत्यु भएको  संघीय  ईकाई प्रहरी भैरहवाका  एसएसपी दीपक थापाले  बताए ।  प्रहरीले मुठभेडमा उनका सहयोगी सोम आले पनि मारिएको प्रहरीले जनाएको छ  ।

Muktinath Bank

जिल्ला प्रहरी प्रमुख श्यमलाल ज्ञवालीका अनुसार मनोज पुन र उनको समुहले देवदहमा अपराधीक घटना गर्दै छ भन्ने सुचनाका आधारमा त्यस क्षेत्रमा सर्च गर्न पुगेको केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष टोली माथी गोली प्रहार गरेपछि जवाफी कारवाहीमा २ जनालाई गोली लागेको  थियो । 
रुपन्देहीको देवदेह क्षेत्रमा गिटीबालुवा र काठको तस्करी गर्दै आएका मनोजपुन  गत बर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या पछि चर्चामा आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


तिवारी र रुपन्देहीकै व्यापारी बसन्त पौडेलको हत्याका आरोपी उनी लामो समय भारतमा लुक्दै आएको प्रहरीले बताउँदै आएको थियो ।  पछिल्लो समय उनी नेपाल आएको सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको थियो  ।  


Advertisment
Nabil box
Kumari

को हुन् मनोज ?

Vianet communication

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए । 

सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने केहीको अनुमान छ । 

देवदह नपा ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको गुनासो बढ्दै गएको थियो । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै आएको छ ।

गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए ।  त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो । 

रूपन्देहीको देवदह नगरपालिका वडा नं।–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ  बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । पुनको समूहले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x