×

NMB BANK
NIC ASIA

मुख्य समाचारः प्रम ओलीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, विप्लवद्वारा बम आतंक

फागुन ९, २०७४

NTC
Premier Steels

काठमाडौं, ९ फागुन – एमाले र माओवादीकेन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका मन्त्रीलाई पनि सपथ गराउने तयारी गरेका छन् । ७ बुँदे सहमतिमा दुबै पार्टीका विचारलाई समेटेर जाने विषयमा समझदारी भएसँगै माओवादी सरकारमा जान राजी भएको र क–कसलाई मन्त्री बनाउने भन्नेमा छलफलमा जुटेको  बताइएको छ । यसअघि  एकीकृत पार्टीको विचारमा सहमति नजुटेसम्म सरकारमा नजाने माओवादीले निर्णय गरेको थियो । 
गएको बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । 

Muktinath Bank

राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गरेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई आज मनोनयन गरेकी हुन् ।  


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो । 
विप्लवको बम आतंक
कार्यकर्ता पक्राउको विरोधमा  विप्लव नेतृत्वले मंगलबार  बन्दको आह्वान गर्यो । बन्दको खासै प्रभाव नपरेपनि देशका विभिन्न स्थानमा बम राखेर विप्लवका कार्यकर्ताले आतंक सिर्जना गरे ।  राजधानीको तीनकुनेमा समेत विप्लवका कार्यकर्ताले बम राखेका थिए ।  उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो । विप्लका कार्यकर्ताले धादिङ, पोखरा, भक्तपुर स्यांजालगायतका स्थानमा समेत बम राखेर आतंक सिर्जना गरेका थिए । 
पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा मंगलबार  भएको टाइम बम विस्फोटनमा परी दुईजना घाइते भएका छन् । 
पृथ्वी राजमार्गको विजयपुर पुल नजिकै अचानक बम विस्फोट हुँदा शंकास्पद वस्तु भनेर रिपोर्टिङमा पुगेका रेडियो गण्डकी एवम् गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे र अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका हुुन् । 
यसैबीच प्रहरीले विप्लवका  २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । 

Vianet communication

प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए ।  

निर्वाचन अघिको सहमतिअनुसार नै पार्टी एकताः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा (एमाले)सँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताएका छन्।  

भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गरे । 

क्रिकेट खेलाडी केसी सम्मानित
राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा मंगलबार  स्वागत तथा सम्मान गरिएको छ । 

बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित भएका हुन् । 

बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा सम्मानपत्र र नगद प्रदान गरेका थिए । 

बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले हालै आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका थिए । 
सोही जितपछि नेपाली क्रिकेट टोली जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलको यात्रा तय गर्न सफल भएको छ ।


डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा
अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंगलबार डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुझेका छन् । 

डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ । डा केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x