×

NMB BANK
NIC ASIA

किन लाग्यो राष्ट्रपति भण्डारीलाई डर ?

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

गत बिहीबार केपी ओली प्रधानमन्त्री नियुक्त भएकै दिन, अर्थात् शीतल निवासमा उनले शपथ लिनुअगाडि । धुम्बाराही पार्टी कार्यालयमा संसदीय दलको नेता चयनका क्रममा माधव नेपालबाटै प्रस्तावित भएपछि केपी नै भए । त्यो कार्यक्रम सकिनासाथ शीतल निवासमा शपथमा पुग्नु थियो । यतिबेलासम्म प्रधानमन्त्री मात्र टुंगिएको थियो, मन्त्रीहरूको पत्तो थिएन । कसैले कसैलाई बताएका पनि थिएनन् । अरू बेला एमलोका ‘किङमेकर’ मानिने नेताहरू नै जानकार थिएनन् कि, प्रधानमन्त्रीको शपथसँगै को–को मन्त्री हुँदै छन् भन्ने कुरा ।

Muktinath Bank

ओलीले समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने र आफू दलको नेता चयन हुने कार्यक्रमलाई सम्बोधनका क्रममा भनेका थिए, पुरुषजति सबैले दौरा–सरुवाल लगाउने, महिलाले साडी–चोलो । यसपछि पोसाक नलगाएका सांसदहरू पनि दौरा–सुरुवालको खोजीमा लागे । सबैको मनमा थियो, ‘कतै मन्त्री पो भइहालिन्छ कि’ पार्टी कार्यालयबाट नेताहरू निस्कँदा २ बजेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको दुई घण्टापछि शीतल निवासमा केही मन्त्रीसहित प्रधानमन्त्री पुग्नु थियो । तर, मन्त्री होलान्जस्ता मानिएका नेतालाई कसैले तयार हुन भनिएको थिएन । धेरैले अनुमान गरे, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीहरू जालान् भनेर । तर, प्रदीप उपत्यकाबाहिर थिए ।


Advertisment
Nabil box
Kumari

ईश्वरचाहिँ पार्टी कार्यालयबाट निस्किएर धापासीस्थित घर पुगे । त्यहाँ पुगेर दौरा सुरुवाल लगाए । ईश्वरजत्तिको नेतालाई आफू मन्त्री हुने र नहुने कुरा त थाहा थियो होला, तर उनका वरिपरिका मान्छेहरू धापासी नाच्न थालिसकेका थिए, महासचिव मन्त्री हुने भए भनेर । ईश्वरलाई त्यसदिन धेरैले फोन गरेर सोधे । उनले सोध्नेहरूलाई ‘हो–होइन’ केही भनेनन् । एमालेको कुरा ईश्वरले ‘हो–होइन’ भन्ने बताउन नसकेपछि अरूको के हिसाब ? धेरैले विष्णु पौडेललाई सोधे । उनी पनि अनभिज्ञ । विष्णु रिमाललाई पनि थाहा थिएन । माधव नेपाललाई सोध्ने आँट कसैले गरेनन् ।

Vianet communication
Laxmi Bank

वामदेव गौतम, भीम रावलसँग पनि ओलीले केही भनेका थिएनन् । पार्टीको कोही न कोही नेता एकछिनपछि मन्त्री हुँदै छन् । तर, कुनै पनि नेतालाई थाहा छैन कि, को–हुन् मन्त्री बन्ने ? हुनेहरूले गाइँगुइँ गर्ने, त्यस्तो पनि भएन । वास्तविकता के रहेछ भने पार्टी कार्यालयमा ओलीलाई दलको नेताको रूपमा प्रस्ताव गरेर भाषण टुंग्याएलगत्तै ओली र माधवबीच कानेखुशी भएको रहेछ । माधवले ‘लालबाबु गरौँ’ भनेपछि ओली चुप लागे ।

त्यहाँबाट निस्किएर हिँड्ने बेलामा ओलीले माधवलाई भने, ‘उहाँलाई तपाईंले नै भन्नुस् न त ’ यति भनिसकेर ओली गाडी चढी कार्यालयबाट निस्किए । माधवले केपीले साँच्चै भनेका हुन् कि मन राख्न मात्र सोधेका हुन्, भेउ पाएनन् । उनी पनि त्यहाँबाट निस्किए । गाडीमा छँदा फेरि केपीलाई फोनमा सोधे, ‘भन्नै पर्ने हो त ?’ ओलीले ‘हो–हो’ भने । कोटेश्वर निवास पुगेर खाना खाएपछि लुगा लगाएर निस्कनै लाग्दा बल्ल माधवले लालबाबुलाई फोन गरेर सोधे, ‘कहाँ हुनुहुन्छ ?’ शपथमा आउनुहुन्छ नि ?’ लालबाबुले ‘आउँदै छु’ भने । ‘अध्यक्षले सबैलाई दौरा सुरुवाल लगाएर आउन भन्नुभएको छ, थाहा पाउनुभयो नि ?’ लालबाबुले भने, ‘टोपी त म जहिल्यै लगाइहाल्छु ।’ तर, माधवले लालबाबुलाई ‘तपाईं मन्त्री बन्नुहुन्छ’ भनेका थिएनन् । प्रधानमन्त्रीको शपथ शुरु हुनुभन्दा केही बेर अगाडि माधवले लालबाबुलाई कानमा भनेका रहेछन्, ‘एउटा तपाईं पनि हो है’ यति भन्दा पनि लालबाबुलाई पत्यार लागेको थिएन । तर, जब एक जना मर्यादापालकजस्ता मानिस आएर उनलाई भने, ‘मान्यज्यू, हजुरलाई तयारी अवस्थामा रहन खबर आएको छ ।’ यसो भन्नासाथ प्रधानमन्त्रीको शपथ शुरु भयो । त्यसलगत्तै उनीहरूको नाम वाचन भयो ।

मन्त्री हुने थममाया थापाचाहिँ राष्ट्रपतिको आग्रहमा बनाइएकी हुन् । गुटमा केपीकै तर जोडबलचाहिँ शीतल निवासको थियो । केपीको शपथ सकिएर लालबाबु र थममायाहरूको नाम पढेको बीचमा एकछिन माइक खालि भयो । त्यसबेला माइक्रोफोन अन थियो । नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दा साउन्डको हुक त्यही मुख्य माइकमा जोडेको रहेछ । कुर्सीमा बसेकी राष्ट्रपतिले बोलेको कुरा उक्त प्रत्यक्ष प्रसारणमा लिक भयो । भनेकी थिइन्, ‘लालबाबु आउनुभएन कि क्या हो, मलाई त डर लागिरहेको थियो , थममायाचाहिँ तयारी अवस्थामा आउनुभएछ..’

यसप्रकार प्रधानमन्त्रीको शपथकै दिन मन्त्री नियुक्तिको सरप्राइज पाएका यी दुई मन्त्रीको नियुक्तिप्रति एमालेभित्र कसैको असन्तुष्टि भने देखिएन । कारण हो, गुटको पनि सन्तुलन मिलेको । त्यसमाथि एक जना मधेसी, एक जना महिला । जनआस्थामा समाचार छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x