काँग्रेसका सांसदहरुको बैठक फागुन १२ गते

फागुन ९, २०७४

काठमाडौँ, ९ फागुन– नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

भोलि फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाईएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उनले बताए । त्यसपछि मात्र काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ । 


ADVERTISEMENT

फागुन ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस