×

NMB BANK
NIC ASIA

मन्त्रीका लागि माओवादीमा आधा दर्जन महिला आंकाक्षी

फागुन १०, २०७४

NTC
Premier Steels

काठमाडौं १० फागुन–आकाक्षी धेरै भएपछि सरकारमा पठाउने मन्त्री छान्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समस्या परेको छ । माओवादीले पाउने भनिएका ६ मन्त्रालयका लागि डेढ दर्जन आकाक्षी देखिएका छन् । 

Muktinath Bank

मन्त्री बनाउन मागगर्दै नेताहरु प्रचण्डको निवास खुमलटारमा धाइरहेका छन् । मन्त्री बन्न महिला नेतृहरुले पनि दौडधुप र लविङ तीब्र बनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीका तर्फवाट प्रवक्ता समेत रहेकी पम्फा भुसाल, नेतृ विना मगर, अमृता थापा मगर, जयपुरी घर्ती लगायतले दावी गरेका छन् । विगतमा मन्त्री बन्दा भुसालले प्रभावकारी भूमिका निभाएकोले उनी दोहोरिने सम्भावना प्रवल छ ।


Advertisment
Nabil box
Kumari

प्रचण्ड परिवारकी सदस्य बीना प्रदेश ७ बाट मन्त्री बन्ने सम्भावना प्रवल रहेको माओवादी स्रोतले बतायो । मंसिर २१ गते सम्पन्न निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचित भएकी थिइन् । विद्यार्थी राजनीति गरेकी बीना अहिलेसम्म लाभको पदमा गएकी छैनन् । बीना प्रचण्ड पुत्र स्व प्रकाश दाहालकी पत्नी पनि हुन् ।

Vianet communication

मन्त्रीका लागि अमृता थापाले पनि दावी गरेकी छिन् । पहिलो संविधानसभामा प्राकृतिक स्रोत बांडफाट समितिको सभापति समेत रहेकी थापा मन्त्रीको आकाक्षी हुन् । 

झलनाथ खनाल सरकारमा केही दिन मन्त्री बनेकी जयपुरी घर्ती पनि मन्त्रीको लविङमा छिन् ।

शशी श्रेष्ठ, यसोदा सुवेदी गुरुङ, धर्मशीला चापागाइ, सत्या पहाडी, अन्जना विशंखे लगायतले मन्त्रीमा दावी गरेका छन् । 

माओवादीभित्र नयाँ लाई मन्त्री बन्ने अबसर दिनुपर्ने बहस चलेको छ । प्रत्यक्ष चुनाव जित्नेमा भुसाल, बीना र कमला रोका छन् ।

भुसालले ललितपुर ३, बीनाले कञ्चनपुर १ र रोकाले रुकुमवाट चुनाव जितेकी हुन् । 

३३ प्रतिसत सहभागिताका लागि यसपटक माओवादीले दुईजना महलिालाई मन्त्री बनाउने स्रोतको दावी छ । 

प्रधानमन्त्री केपी ओलीले माओवादी सांसदलाई सहभागि गराएर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x