×

NMB BANK
NIC ASIA

केन्द्रमा १८ मन्त्रालय बनाउने सहमति, यस्ता हुनेछन् ‘नयाँ’ मन्त्रालय

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १० फागुन– नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रमा मन्त्रालयको संख्या १८ बनाउने सहमति भएको छ । यसअघि रहेका मन्त्रालय एक आपसमा गाभेर मन्त्रालयको संख्या १८ मा सीमित राख्न एमाले र माओवादी केन्द्रबीच सहमति भएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए । 

Muktinath Bank

प्रशासन सुधार आयोगको प्रतिवेदनका आधारमा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको संख्या १५ बनाउन प्रस्ताव गरेको थियो । संविधानको धारा ७६ को उपधारा ९ मा समावेशी सिद्धान्तका आधारमा बढीमा २५ जनाको मन्त्रिपरिषद् गठन गर्ने व्यबस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल चुस्त बनाउने सहमति भएको छ । यसअघि दलीय भागवण्डा मिलाउन मन्त्रालयको संख्या फुटाउने गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय योजना आयोग खारेज गरेर अर्थ मन्त्रालयमा गाभ्न प्रस्ताव गरिएको छ भने पर्यटन मन्त्रालयलाई उद्योग मन्त्रालयमा गाभ्न प्रस्ताव गरिएको छ । 

Vianet communication
Laxmi Bank

कृषि मन्त्रालयमा खाद्य सुरक्षा थप्न प्रस्ताव गरिएको छ । वातावरण मन्त्रालयमा जलवायु परिवर्तन र महिला बालकालिका मन्त्रालयमा जेष्ठ नागरिक थप गर्न लागिएको छ । शुक्रवार बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या र नामबारे निर्णय गर्नेछ ।

मन्त्रिपरिषद्ले मन्त्रालयको टुंगो लगाएपछि मात्र नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम हुने एमाले स्रोतले बतायो । मन्त्रीमण्डल विस्तारको बिषयलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्डबीच बिहीवार पनि छलफल भएको थियो । 

बुधवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिएपनि आन्तरिक भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

यस्ता रहनेछन् मन्त्रालय

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 
२. अर्थ तथा योजना मन्त्रालय 
३. उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन 
४. गृह
५. वन, वातावरण, जलवायु परिवर्तन 
६. भौतिक पूर्वाधार, यातायात 
७. जलस्रोत र ऊर्जा 
८. रक्षा 
९. सूचना–सञ्चार तथा विज्ञान प्रविधि 
१०. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण ११. युवा, श्रम तथा रोजगार 
१२. शिक्षा, खेलकुद तथा संस्कृति 
१३. स्वास्थ्य तथा जनसंख्या 
१४. संघीय मामिला तथा सामान्य प्रशासन 
१५. कृषि, सिँचाइ,  खाद्य सुरक्षा, सहकारी र भूमिसुधार मन्त्रालय
१६. सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ 
१७. कानून, न्याय तथा संसदीय मामिला 
१८. परराष्ट्र मामिला 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x