×

NMB BANK
NIC ASIA

पाँच सय स्वयंसेवक राष्ट्रिय मान्यताबाट वञ्चित

फागुन १२, २०७४

NTC
Premier Steels

ललितपुर, १२ फागुन- ललितपुर महानगरापलिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट बञ्चित भएका छन् । 

राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत आफूहरु वञ्चित हुनुपरेको उनीहरुले बताएका छन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा बढी समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता नपाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले दिएको जिम्मा पूरा गर्दागर्दै पनि हामीलाई मान्यता दिइएको छैन ।” 

महानगरपालिकामा अहिले झण्डै ६०० स्वयंसेवक कार्यरत छन् । तीमध्ये १३३ जनाले मात्रै मान्यता पाएका छन् । जिल्लामा १०० पुरुष स्वयंसेवक कार्यरत छन् । उनीहरु कसैले पनि मान्यता पाएका छैनन् । कार्की भन्नुहुन्छ, “सरकारको स्वास्थ्य कार्यक्रम सफल बनाउन जनताको घरघरमा पुग्ने स्वयंसेवकलाई बेवास्ता भइरहेको छ ।” 

राष्ट्रिय मान्यता पाएका स्वयंसेवकले सरकारबाट प्रोत्साहनका रुपमा वार्षिक र लुगा र सेवानिवृत्ति भत्ता र उपचार खर्च पाउँछन् । राष्ट्रिय मान्यता नपाएका स्वयंसेवक ती सुविधाबाट वञ्चित छन् । सरकारबाट विभेद भए पनि गर्दै आएको काम नछाड्ने स्वयंसेवक बताउँछन् ।

Muktinath Bank

उपमहानगरपालिका हुँदादेखि नै सञ्जालले स्वयंसेवकलाई मान्यता दिलाउनका लागि भन्दै आएको कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधि आएकाले अब हाम्रा कुरा सुनिने आशा छ ।” यहाँ कार्यरत स्वयंसेवकले झण्डै चार वर्षदेखि तालीमसमेत पाएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x