फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवल, १२ फागुन– दाङको विकट क्षेत्र बबई गाउँपालिका–६, टिकुलीगैरा गाउँमा ५० जनाको एउटा संयुक्त परिवार थियो । त्यसमा पनि गाउँका दुई ‘जमिनदार’कहाँ काम गरेर त्यत्रो परिवार पालिनु पर्ने वाध्यता । यो बेला परिवारमै कसले कतिबेला खायो, के खायो र के गरिरहेको छ भन्नेसम्म भेऊ नहुने । सबैले विहान सवेरैदेखि रातिसम्म काममा जोतिनैपर्ने थियो । उक्त संयुक्त परिवारका केटाकेटीसमेत स्कुल जाने अवस्थामा थिएनन् । त्यहीँ परिवेशमा हुर्कँदै थिइन् एक छोरी–धमकली चौधरी ।
उनी जान्ने भएदेखि नै बाबुआमा, काका–काकी, दाजुभाई सबै जना काममा जोतिएका हुन्थे । उनी दिदी–बहिनीहरुसित गाई बाख्रा चराउन जान्थिन् । पढ्ने रहर त थियो उनलाई तर,त्यो परिवारले स्कूल पठाउने अवस्था थिएन् । बालसुलभ इच्छा त्यत्तिकै मर्न दिने कुरै भएन । बाख्रा चराउन जाँदा पखेरामा भेटिने चेप्टा ढुंगामा ढुंगाकै खरी र अंगारले अक्षर कोरेर पोखिन थाल्यो ।
कतै देखेको र कतै सुनेको भरमा उनले त्यसैगरी बाख्रा चराउनेसमयलाई अक्षर कोरेर विताउँदै आइन् । आफूतिरका पाँच दिदी बहिनी र दुई भाइसहित हुर्किएकी धमकली त्यतिबेला ११ वर्षकी थिइन् । बाबा–आमा र संयुक्त परिवारका अरु सदस्यहरुसंगै उनी जमिनदारकोमा काम गर्न जानुपथ्र्यो । १६ वर्ष पुग्दा नपुग्दै माइती नजिकैको दङीसरण गाउँपालिका–३, सखौरा गाउँमा श्रीराम चौधरीसँग उनको बिहे भयो ।
अगुवा नारी
यो हो, आज भन्दा ३७ वर्ष अघिको जीवनकथा । माइतीमा छँदा ढुंगामा अंगारले कोर्न सिकेकी उनै धमकली विहेपछि पनि त्यो इच्छा मारिनन् र थप मेहनत गर्दै गइन् । अहिले उनी शिक्षित, अगुवा, समाजसेवी, राजनीतिज्ञ हुँदै सांसद बनेकी छिन् । बाल्यकालको भन्दा पनि कडा दुःख, मेहनत गरेर उनले आफ्नो एउटा चाहना पूरा गर्न सकिन् । बिहेभइसकेपछि यताको करिब १४ वर्षको अवधिमा ४९ वर्ष टेकेकी उनै धमकलीले आफ्नो बालसुलभ चाहना पूरा मात्रै गरिनन् गाउँमै अगुवा नारी, समाजसेवी हुँदै सांसद बन्न सकिन् ।
एमालेको सदस्यता
उनको जीवनमा यसरी परिवर्तन आउनुका पछाडि उनकै पति, जेठाजु–देवर र केही छिमेकीहरु थिए । गाउँका अगुवाहरु सुकदेव, मंगु, मानबहादुर, भागिरामलगायतले धमकलीको जीवनमा परिवर्तन ल्याउन ठूलै सहाराको काम गरे । उनीहरु राजनीतिक दलका विभिन्न तहका नेताहरु थिए । २०५० सालमा उनै अगुवाहरुमार्फत गाउँमा प्रौढ शिक्षाको सुरुआत गराए र धमकलीजस्ता इच्छाशक्ति भएकालाई पढाइसंगै राजनीतिमा पनि आवद्ध बनाए । धमकलीलाई केहीसमयपछि मात्रै थाहा भयो त्यसरी सघाउने र परिवारमा पनि वातावरण मिलाइदिने नेकपा एमालेका नेताहरु रहेछन् भनेर । उनी त्यहीँ पार्टीको सदस्यता लिइन् । सोही पार्टीबाट उनी दाङको क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । बुहारी हुँदा पढ्न सघाउने, समाजसेवा नै राजनीति हो भनेर सिकाउनेदेखि अहिलेको अवस्थाका बारेमा अपडेट बनाउनेसम्मका काममा उनलाई धेरै नेताहरुले सघाउँदै आएका छन् ।
एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल त उनको घरमा पुगेरै थप सफलताको शुभकामना दिंदै आवश्यक सहयोग लिन आग्रह गरेका थिए । ‘विष्णु पौडेलले मेरोबारेमा सबै जानकारी लिइसक्नुभएको रहेछ, मलाई त कत्ती खुशी लाग्यो’ धमकलीले भनिन्–‘अब थप जिम्मेवारी बढेको र मनोबल उचो भएको छ ।’ त्यतिञ्जेल धमकलीलाई दुई सन्तान भइसकेका थिए । काखमा नानीबाबु बोकेर उनी रातिमा प्रौढ शिक्षा लिन जान्थिन् । राति ११ बजेसम्म पढ्ने र विहान ३ बजेनै उठेर घरको काम सक्नुपर्ने थियो । उनी संघर्ष गर्दै गइन् । ठूली छोरी हुर्केर स्कुल जान थालिसकेकी थिइन् ।
छोरीसँगै स्कूल भर्ना
२०५५ सालमा बीरेन्द्र मावि हेकुलीमा छोरीसंगै उनी कक्षा ५ मा भर्ना भइन् । बुहारीको काम, आमाको काम र विद्यार्थीको मेहनतले उनी पूरै थिचिएकी थिइन् । तर, कत्तिपनि विचलित भइनन् । एक वर्षसम्म कठिनाइ भुलेर बढेको प्रौढ कक्षाले उनलाई एकैचोटी कक्षा ५ मा भर्ना हुन सजिलो भयो । कक्षा ९ सम्म आमाछोरी संगै थिए । तर, उनी कक्षा ९ मा फेल भइन् । छोरीले ०६१ मा एसएलसी दिंदा उनले छोरीकै किताबहरु हेर्नेगर्थिन । फलस्वरुप ०६३ मा तेस्रो प्रयासमा धमकलीले पनि एसएसली पास गरिन् । ३२ वर्षको उमेरमा विद्यालय छिरेकी उनले ४२ वर्षकी हुँदा एसएसली पास गरिन् । उनी सातामा तीन÷चार दिनमात्रै स्कुल जान्थिन् । चार सन्तान र खेतवारीकोसमेत काम हेर्दा उनलाई स्कुल जाने फर्सद नमिलेपनि पढाई छाड्नै हुन्न भन्ने दृढता उनमा दह्रो थियो । पहिलो वर्ष फेल भइन, दोस्रोमा दुई वटा विषय लाग्यो त्यतिबेला काखमा नानी भएकाले परीक्षा दिन पाइनन् तेस्रो पटकमा सबै विषयको परीक्षा दिइन र पास पनि भइन् ।
एसएलसी दिनका लागि उनलाई हेकुलीबाट तुलसीपुरमा आउनुपथ्र्यौ । त्यतिबेला घरबाट पति श्रीरामले तरकारी बोराका बोरा तरकारी बेच्नका लागि पठाउँथे उनले त्यहीँ तरकारी बेच्ने र पढ्ने गर्थिन् । ‘तरकारी बेच्ने काम अहिले पनि गर्छु, कामलाई सानो भन्दिनँ’ श्रम केही न केही श्रम त गर्नैपर्छ भन्ने उनको सुझाव छ । बुहारीले, आमाले एसएलसी पास गर्ने गाउँकी उनी एक्ली थिइन् । सबैले वाह वाह गर्थे । एसएलसी पछि औपचारिक कक्षा त लिइनन तर, पार्टी नेताहरुसंगको संगतमा थुप्रै विषयका पुस्तकहरु अध्यय्न गर्ने काम भने छाडिनन् । ‘अहिले पनि केही कुरा सोध्नुप¥यो भने विष्णु कमरेड, शंकर कमरेड, प्रदीप कमरेड, युवाराज कमरेड सबैलाई सिधै फोन गर्छु र सोध्छु’ उनले निर्धक्क भनिन् ।
उनकी जेठी छोरी विनाले मास्टर्स पास गरेर सामाजिक संस्थामा जागिर गर्छिन्, कान्छी छोरी सपनाले बीबीएस पास गरेर बैंकमा काम गर्छिन् । जेठो छोरा बीएड पास गरेर विदेश जाने तयारीमा छन् भने कान्छोले ल्याब पढिरहेकाछन् । धमकलीले गाउँमा प्रौढ कक्षाहरु निरन्तर बनाउने, छोरी–बुहारीलाई नियमित पढ्न पठाउने, स्कुल पठाउनेदेखि स्वास्थ्य शिविर बसाउने र लैंगिक हिंसाका विरुद्धमासमेत थुपै्र अभियान चलाइन् । पार्टीको अनेमसंघ हुँदै गाउँ कमिटी र अहिले जिल्ला कमिटीमा समेत रहेकी उनले पार्टीकै नेता कार्यकर्ताहरुलाई यस्ता काममा केन्द्रित गराउँथिन् ।
हिंसाकाविरुद्धमा उनले पार्टीका नेता–कार्यकर्ताहरुलाई कैयौंपटक सार्वजनिक प्रतिबद्धता गर्न लगाउँथिन् । त्यतिबेला गाउँमा पाठेघरको समस्यामा धेरै महिलाहरु थिए । उनले शिविर बोलाइन र झण्डै दुई सयजना महिलाको उपचार गराइन् । उनको पहलमा प्रौढ कक्षा पढेका एक सय ६० जना महिलाहरु अहिले विभिन्न काममा सक्रिय छन् ।
अब के गर्ने इच्छा छ त भन्ने जिज्ञासामा यस्तो जवाफ दिइन्–समुदायमा प्रचारात्मक कामहरु धेरै भएका छन् अब गुणात्मक परिवर्तन चाहिन्छ, महिलालाई आरक्षण मात्रै होइन दक्षता विकासमा पनि उत्तिकै महत्व दिनुपर्छ, मलाई त कुन न कुनै जिम्मेवारी चाहिन्छ नै मैले सकुञ्जेल राजनीतिलाई समाजसेवामा लगाउने हो ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...