×

NMB BANK
NIC ASIA

संसदीय दलको विधान परिमार्जन गर्दै कांग्रेस

फागुन १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२ फागुन– नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ । 

काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो । 

बैठकमा नेता मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । उक्त मस्यौदा माथिको छलफलमा नेताहरुको धारणा राख्ने क्रम जारी छ । आजै पुनः बस्ने बैठकले सो प्रस्ताव पारित गर्नेछ । 

संसदीय दलको नयाँ संरचना अनुसार पुरानो विधानलाई संशोधन गरी नयाँ विधान ल्याउने सन्दर्भमा छलफल जारी रहेको काँग्रेस नेता भीमसेनदास प्रधानले सञ्चारकर्मीलाई जानकारी दिए । 

Muktinath Bank

“अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबैलाई मिलाएर संघीय संसद् बनेको छ, त्यस अनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने भएकाले आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने गरी संसदीय दलको बैठकले आजै विधानलाई टुंगो लगाउनेछ,” उनले भने । 

नेता प्रधानकाअनुसार संविधानको अक्षरस भावनाअनुसार विधानलाई कसरी परिमार्जन गर्ने, नयाँ परिस्थितिमा उपनेताको चयन र महिलाको प्रतिनिधित्वको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे नयाँ विधानले स्पष्ट पार्नेछ । काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ । 

काँग्रेसका अर्का नेता बालकृष्ण खाँडका अनुसार संसदीय दलको व्यवस्थापनका लागि संघीय संसद्को विधान परिस्कृत गर्नुपर्ने भएकाले त्यसबारे प्रस्तुत मस्यौदामाथि नेताहरुले छलफल र सुझाव दिने क्रम जारी रहेकाले केहिबेरपछि बस्ने बैठकले विधानलाई पारित गर्नेछ । 

सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिको आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँडले बताए । 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकको सुरुमा निर्वाचित भएर आएका सबै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधि तथा समस्त मतदातालाई सभापति देउवाले बधाई ज्ञापन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिमा खास गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धन तथा संविधानको रक्षाका लागि बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 


Advertisment
Nabil box
Kumari

बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x