×

NMB BANK
NIC ASIA

भीमदत्त नगरपालिकाले लागू गर्यो आफैंले बनाएका कानून

फागुन १२, २०७४

NTC
Premier Steels

महेन्द्रनगर, १२ फागुन–  कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले निर्माणा गरेका कानून राजपत्रमा प्रकाशित गरी कार्यान्वयन सुरु गरेको छ । भीमदत्त नगरपालिकाको नगर सभा र नगर कार्यपालिकाबाट पारित कानून स्थानीय राजपत्रमा प्रकाशित गरेकाे हाे ।

Muktinath Bank

ती कानूनमा विनियोजन ऐन सहित नियमावली, निर्देशिका र कार्यविधि छन् । नगरसभा र नगर कार्यपालिकाबाट पारित कानून नगर प्रमुख सुरेन्द्र विष्टले प्रमाणिकरण गरेपछि राजपत्रमा प्रकाशित गरिएका छन् । भीमदत्त नगरपालिका कार्यालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार शुक्रबार एक दर्जन कानून स्थानीय राजपत्रमा प्रकाशित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उप दफा २ मा स्थानीय सरकारलाई कानून बनाउने अधिकार र सोही दफाको उप दफा ३ मा राजपत्रमा प्रकाशित गर्नु पर्ने प्रावधान छ । भीमदत्तका मेयर सुरेन्द्र विष्टले स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहेर नगर सभा र नगर कार्यपालिकाबाट पारित ऐन, नियमावली, निर्देशिका र कार्य विधि राजपत्रमा प्रकाशन गरिएको बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार निर्माण गरिएका कानुन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनको चरणमा प्रवेश गरेका छौ’ नगर प्रमुख विष्टले भने ।


Advertisment
Nabil box
Kumari

छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका, विनियोजन ऐन, नगर कार्यपालिका बैठक सञ्चालन सम्बन्धी कार्य विधि, नगर कार्यपालिका कार्य सम्पादन नियमावली, नगर कार्यपालिका कार्य विभाजन नियमावली, उपभोक्ता समितिको गठन, सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि, टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि, अल्पकालिन नगर सेवा केन्द्र सञ्चालन कार्यविधि मदिरा बिक्री, वितरण व्यवस्थापन तथा नियमन कार्यविधि, घ वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी, नविकरण, नामसारी खारेज गर्ने सम्बन्धी कार्य विधि, ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यविधि र आधारभूत तहको परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित गरिएको छ ।

Vianet communication

भीमदत्त नगर कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत हरि सिह धामीले स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर सभा र कार्यपालिकाबाट पारित कानुन कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित गर्नु पर्ने व्यवस्था प्रकाशित गरिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x