×

NMB BANK
NIC ASIA

जनकपुरधाम, १८ फागुन-मिथिलाञ्चल क्षेत्रमा मनाइने त्यो ‘होली’ अब होली रहेन । एक महिना अघिदेखि नै गाउँ–गाउँमा थाहा हुन्थ्यो कि ‘होली’आउँदैछ । मिथिलाञ्चलमा होलीलाई ‘होरी’ भन्ने गरिन्छ । वसन्त पञ्चमीकै दिनदेखि होरीको माहौल बन्न थाल्थ्यो ।

Muktinath Bank

पहिले मिथिलामा ‘दलान’को संस्कृति थियो । घर प्रायः कच्ची नै हुन्थ्यो । तर सबैको घरअगाडि दलान हुन्थ्यो । दलान भन्नाले घरका पुरुषहरू बस्ने, राति सुत्ने, केटाकेटीहरू पढ्ने, गाउँका अन्य मानिसहरू पनि भेला हुने, भलाकुसारी गर्ने, सामाजिक भाइचारा तथा बन्धुत्व बढाउने स्थल हुन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँमा जन्ती आउँदा सुताउने स्थलको रूपमा प्रयोग गरिने स्थल हुन्थ्यो त्यो दलान । कुनै पनि पुरुषलाई जे जस्तो काम भए पनि घरभित्र प्रवेश भने निषेध नै हुन्थ्यो । घरमा बस्ने भनेको छोरी, बुहारी र आमा बस्ने काम हुन्थ्यो । बिहे भएको छोराले पनि घरभित्र दिनमा सुत्न पाइन्नथ्यो । राति दलानमा घरको अभिभावकको रूपमा रहने हजुरबुबाले सुत्नुपर्थ्यो ।


Advertisment
Nabil box
Kumari

अहिले दलानको विषयमा धेरै नलेखौं, ‘होली’तर्फ केन्द्रित हौं ।

Vianet communication

हो, श्रीपञ्चमीकै दिनदेखि त्यो दलानमा ‘होली’सम्म प्रत्येक राति होरीका गीत गाइन्थ्यो । टोलका मानिसहरू डम्फा लिएर जम्मा हुन्थे । परिवारका सबै पुरुषहरू जम्मा भई एक–दुई घण्टा जति होरीका गीत गाइन्थ्यो । जोगिरा गाइन्थ्यो । अत्यन्तै सुरताल मिलाएर, नाचेर, गीत तथा जोगिरा गाइन्थ्यो ।

केटाकेटीहरू भने होरीको दिन भने कुरेर बस्ने गर्थे । किनभने होरीको दिन घरको कुलदेवीको पूजा पनि हुन्थ्यो । पूजाका लागि खीर, मालपुवा, चामलको पिठोमा दालसहितको पुरीसहितका खाने परिकार प्रसादको रूपमा चढाइन्थ्यो । ती सबै मीठो खानेकुरा खाने भएपछि खुशी हुने कुरा हुन्थ्यो । त्यसपछि खशीको मासु खानु त अनिवार्य नै हुन्थ्यो जसले गर्दा केटाकेटी थप रमाइलो गर्थे । प्रायः गाउँघरमा खसीको मासु बिरलै वर्षमा यस्तै पर्वको अवसर पारेर खाइन्थ्यो । अहिलेको जस्तो नियमितरूपमा घरमा खुशीको मासु भने खाने प्रचलन थिएन । कारण गरिबी हुन्थ्यो ।

फागु पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको दिन होलिका दहन गरिन्थ्यो । गाउँका मानिसहरू एकै ठाउँ भेला भई दाउरा संकलन गरी गाउँको चोकमा गएर होलिका दहनस्वरूप ‘सम्मत’ जलाइन्थ्यो । गोबरको होलिकाको प्रतिमा बनाएर साइत हेरेर दहनको कार्यक्रम आयोजन गरिन्थ्यो । आफूभित्र रहेको होलिका दहन गरी अन्याय, अत्याचारको समेत त्यही होलिका दहनसंगै दहन भएको मानिन्थ्यो । अहंकारको दहन भएपछि स्वाभाविकरूपमा भाइचारा र बन्धुत्वको भावना बढ्थ्यो । त्यसको खुसियालीमा उत्सव मनाउन रंग अवीर लगाउने, जोगिरा गाउने, मीठो खानेकुरा खाने काम हुन्थ्यो ।

रंग अवीर पनि बिहानको समय खेलिन्नथ्यो । सबैले खाइसकेपछि समूहमा मानिसहरू जम्मा भएर रंग अवीर खेल्थे । कोहीकोही भने नसाको रूपमा भाङ सेवन गर्थे । त्यो समूह सबै घरको दलानमा पुगेर जोगिरा गाउँथे र, रंग अवीर खेल्थे । त्यसपछि जुन व्यक्तिको घरमा जोगिरा गाउने समूह पुग्दथे, जोगिरा गाइसकेपछि त्यो दलानको व्यक्तिले जोगिरा समूहलाई पान, पुरी, पुवा खुवाउने गर्थे । यो क्रम पूरै गाउँभरी घुमेर जोगिरा गाउँदै फागु खेलिन्थ्यो । जोगिरामा प्रायः फागु गाइने, भगवान राम, सीता, लक्ष्मण, भरत, शत्रुघन आदिको नाममा गाइन्थ्यो । तर न त अब गाउँमा दलान छ । न त अब जोगिरा गाउने समूह । न त गाउँमा अब युवाहरू नै छन् । त्यसैले अबको होली भनेको मदिरा सेवन गर्ने, खुब खाने काममा मात्र सीमित भएको छ ।

होलीका दिन प्रायःजसो व्यक्तिहरू आ–आफ्नै घरमा थुनिएर बसेका हुन्छन् । गाउँमा कसैको पनि ज्वाईं आएको छ भने पूरै गाउँका केटाहरूले मिलेर ती ज्वाईंसंग खुबै  मजाक गर्थे । गाउँका डोम सबै घर पुगेर मालिक केही दिनुस् भनेर भन्थे, र पैसा लिएर नाच्दै फर्किन्थे । दिनभरि होरी खेलेपछि धुला उडाउँन जान्थे, सबै युवाहरू ।

होलीका दहन गरेको भष्मलाई उडउने काम हुन्थ्यो । त्यो भष्मसहितको धुलो कुन दिशामा उँड्यो भन्ने कुराले आगामी वर्ष कस्तो हुने भन्ने कुराको अनुमान गरिन्थ्यो । कुन दिन होरी पर्छ त्यसदिनको आधारमा कुन दिशा तर्फ उभिएर धुलो उडाउँने कुराको तय गरिन्थ्यो । धुलो उडाएर घर फर्किंदा चैतावरको  गीत गाउँदै फर्किन्थे । अनि राति रंग अवीर सफा गर्दै नुहाएर, खाना खाई सुत्ने काम गरिन्थ्यो । होरी खेल्दा जोर जबरजस्ती पनि हुन्थ्यो, तर त्यसलाई ‘बुरा ना मानो होरी है’ भन्दै सामान्यरूपमा लिने गरिन्थ्यो ।

तर अब होलीमा जोर जबरजस्ती गर्दा लडाईं झगडासमेत हुने भएकाले कसैले पनि कसैलाई त्यस्तो गर्दैनन् । केही वर्षअघि होलीकै दिन जनकपुरका संचार उद्यमी अरुणकुमार सिंघानियाको हत्या भएकाले प्रायः होलीमा मानिसहरू डराइरहेका हुन्छन् । आपसी दुश्मनी साध्ने हतियारको रूपमा होली पर्वलाई प्रयोग गर्ने गरेकाले पनि होली पर्व अब कुरूप बन्दै गएको देखिन्छ ।

युवा बिहानैदेखि मदिरा सेवन गरेर लठ्ठ हुने गरेका कारण पनि महिलाहरू त होलीको दिन प्रायः घरबाट बाहिर निस्कदैनन् । सवारी दुर्घटना पनि होलिका दिन बढी हुने गर्छ । पहिले–पहिले महिलाहरू पनि समूह समूहमा घरबाट निस्किएर होली खेल्ने गर्थे । तर, अब महिलाहरू भने सडकमा आएर होली खेल्दैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x