×

NMB BANK
NIC ASIA

नवलपरासीमा फोहरबाट ग्यास उत्पादन शुरु, दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन

फागुन २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १९ फागुन–नवलपरासीमा वायो ग्यास उत्पादन शुरु भएको छ । 

Muktinath Bank

वैकल्पिक उर्जाको प्राविधिक र अनुदान सहयोगमा इमपावर इनर्जी एण्ड फर्टिलाइजर कम्पनीले वायो ग्यास उत्पादन शुरु गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भैरहवादेखि करिव २५ किलोमिटर भित्र बन्जरियामा  २२ करोड लगानीमा ग्यास उत्पान भएको हो । फोहर पदार्थ र गोबरबाट ग्याससहित कम्पोस्ट मल बनाउन सकिने भएपछि प्लान्टमा लगानी गरेको लगानीकर्तासमेत रहेका इनपावर इनर्जीका प्रवन्ध निर्देशक सन्दिप कुमार अग्रवाल बताउँछन्  । 


Advertisment
Nabil box
Kumari

Vianet communication

नेपालमा यहि कम्पनीले वायो ग्यास प्रविधिलाई भित्र्याएको हो । 

अग्रवाल भन्छन्‘ यो प्रोजेक्टलाई बैकल्पीक उर्जामा लग्यौ र त्यहाँ यसको बारेका धेरै छलफल भयो । तीन तीन पटक छलफल भैसकेपछि यसलाई अघिबढाउन ठूलो सहयोग मिलेको थियो ।’ उनले अन्य शहरहरुमा पनि यस्तो प्लान्ट खोल्ने तयारी गरिएको बताए । 


दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन

ग्यासको उत्पादन शुरु गरेका इनपावरले अहिले नजिकको होटललाई ग्यास विक्रि गरिरहेको छ । 

४००० घन मिटर क्षमताको बायो ग्यासले दैनिक  ३८०० किलो ग्यास (२०० सिलिन्डर एलपी ग्यास), २५ टन जैविक मल र बिजुली उत्पाद गर्दै आएको छ ।  बिजुली भने आफ्नै कम्पनीको लागि प्रयोग गर्ने गरिएको अग्रवालले बताए । 

२०० सिलिन्डर ग्यास उत्पादनका लागि  दैनिक ३५ देखि ४० टन कच्चा पदार्थ लाग्ने अग्रवालले बताए । 

यसका लागी स्थानीय स्तरमा पाइने गाईबस्तुको मल, मकैको विरुपमा, चिनीमिलबाट निस्किएको फोहरको प्रयोग गरिने गरिएको छ । 

यो प्लान्ट मेमरेन टेक्नोलोजीबाट सन्चालन हुन्छ । यो टेक्नोलोजी इमपावरले दक्षिण एसियामा पहिलो पटक भित्राएको हो । स्काज नामक सफ्टवेयरबाट सञ्चालन हुने यो प्रविधिले कच्चा पर्दाबाट ९५ प्रतिशत ग्यास उत्पादन हुन्छ । 


स्थानीय खुसी

स्थानीय स्तरमा प्रतिकिलो २ रुपैंया ५० पैसामा कच्च पदार्थ किन्ने गरेको बताउँछन् प्रबन्धक तथा बायोटेक्नोलोजिष्ट निमेस कुमार झा । 

कम्पनीले स्थानीइ ४५ जनालाई रोजगारीको अवसर दिलाएको छ । प्लान्टमा इन्जिनियर, बायोलोजिष्ट, इलेक्टोनिक इन्जिनियरले समेत रोजगारी पाएका छन् । 

प्लान्ट सञ्चालनमा आएपछि  घर गोठबाट निस्किएको फोहरबाट पैसा आम्दानी गर्न पाएको र गाउँका मानिसले पनि रोजगारी पाएकोमा स्थानीय खुसी छन् ।

‘घर गोठबाट निस्किएको खेर जाने फोहरबाट पनि पैसा पाइयो’ स्थानीय अनिल कुमार झाले भने,‘ छोराछोरीले रोजगारी पाएका छन्, विदेश जानु परेको छैन यो त राम्रो भयो नि!’


सरकारी टोलीद्वारा निरीक्षण

यस बायो प्लान्टको हालै सरकारी टोलीले निरीक्षण गरेको छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, वैकल्पिक ऊर्जा प्रबद्र्धधन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा वैकल्पिक ऊर्जाका प्राविधिकसहित ७ जनाको टोलीले प्लान्टको स्थलगत निरीक्षण गरेको हो ।

वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले नेपालमा वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदै आएको छ । गोबर ग्यास, बायो ग्यास, हावाबाट बिजुली, पानी घट्टबाट बिजुली, माइक्रो हाइड्रो, सौर्य ऊर्जाबाट बिजुली, बायोमासजस्ता वैकल्पिक ऊर्जाका स्रोतका लागि अनुदानसमेत दिँदै आएको छ ।

केन्द्रले शहरी क्षेत्रबाट निस्कने फोहोर, गोबर ग्यास, सौर्य ऊर्जा, हावाबाट बिजुलीजस्ता वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गर्दै आएको कार्यकारी निर्देश रामप्रसाद धितालले बताए ।

देशका १८ प्रतिशत बिजुलीको पहुँच नपुगेका ठाउँमा र विकासोन्मुख शहरी क्षेत्र तथा विकासशील शहरी क्षेत्रमा खाना पकाउने ग्यासको समस्या भएकोले त्यसको न्युनिकरणका निम्ति वैकल्पिक बायो ग्यासको लागि विषेश जोड दिइएको धितालको भनाइ छ ।


वेस्ट इनर्जी (फालिएको कुहिने फोहोरबाट निस्किने ऊर्जा)को रूपमा शहरबाजरबाट निस्कने कुहिने फोहोर, गाइबस्तुको गोबर, चिनी मिलबाट निस्कने फोहोर आदिलाई ऊर्जाकोरूपमा विकास गर्नका लागि केन्द्रले ठूलो परियोजना अघि बढाएको छ ।

परियोजनाअन्तर्गत भैरहवानजिकै नवलपरासीको सुकौलीमा प्लान्ट निर्माण सम्पन्न भई उत्पादनसमेत शुरु भइसकेको छ, स्याङ्जाको पुतली बजारनजिकै निर्माण सम्पन्न भएको प्लान्ट उत्पादन शुरु गर्ने चरणमा छ । यस्तै पोखराको मजुवामा निमार्णाधीन अवस्थामा छ, जसको ५० प्रतिशत काम सम्पन्न भएको छ । चितवन र धरानमा पनि यस्तै प्लान्ट निर्माणको प्रक्रिया अघि बढेको छ ।


यसको मुख्य उद्देश्य एलपी ग्यासलाई विस्तापित गरी बायो ग्यासलाई अगाडि ल्याउनु र त्यसबाट निस्किने कम्पोस्ट मललाई बढावा दिनु हो । बजारबा निस्कने फोहोरबाट विद्युतीय शक्ति निस्कने र वातारणमा प्रदुषणको मात्रा पनि कम हुने धितालको तर्क छ ।

कस्तो हुन्छ प्रक्रिया ?

यो वातावरणमा रहेका कुहिने बस्तुलाई कुहाएर त्यसबाट ऊर्जा उत्पादन गर्ने प्रक्रिया हो । यो मेम्रेन टोक्नोलोजीमा आधारित छ ।

कच्चा पदार्थलाई एकै ठाउँमा जम्मा गरी ठूलो डाइजस्टरमा राखिन्छ र त्यसले ग्यास तथा मल निकाल्दछ । यसरी निस्किने ग्यासलाई माथि बेलुनमा जम्मा गरिन्छ । त्यसपछि ग्यासलाई हाई कम्प्रेस गरी सिलिण्डरमा भरिन्छ ।

कच्चा पदार्थकोरूपमा गाईवस्तुको मल, बङगुरको मल, पोल्ट्री फर्मबाट निस्किएको फाहोरलाई प्रयोग गरिन्छ । साथै बजारबाट निस्किने कुहिने फोहोर पनि यसका लागि उपर्युक्त कच्चा पदार्थ हो ।


विगत २५/३० वर्षदेखि गोबर ग्यासमा जोड दिँदै आएको वैकल्पिक ऊर्जा केन्द्रले ठूला बायो प्लान्ट निर्माणमा पनि प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको केन्द्रका इञ्जिनियर प्रकाश अर्याल बताउँछन् ।

‘गोबर ग्यास जस्तै गाईभैँसीको मल र अन्य कुहिने वस्तुबाट उत्पादन हुने भएकाले यसलाई गोबर ग्यासको ठूलो रूप मान्न सकिन्छ,’ इञ्जिनियर अर्यालले भने, ‘तर धेरै कच्चा पदार्थ लाग्ने र व्यवसायिकरूपमा पनि विकास गर्न सकिने भएकाले यसलाई बायो ग्यास प्लान्ट भनिएको हो ।’


यसबाट निकस्ने ग्यास वातावरणीय हिसाबले पनि राम्रो हुने र नेपालजस्तो कृषि प्रधान मुलुकमा कृषिमा व्यवसायिकता ल्याउन सहयोग पुग्ने अर्यालको भनाइ छ ।

यसले फोहोरलाई कच्चापदार्थको रूपमा लिने भएकाले फोहोरबाट प्रदूषण नियन्त्रणमा पनि सघाउँछ । यसले नेपालमा खाना पकाउने ग्यासको मागलाई व्यवस्थापन गर्न पनि सघाउने भएकाले सरकारले प्रोत्साहित गर्दै लैजान सकेमा ग्यासमा आत्मनिर्भर हुन सकिने अर्याल बताउँछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x