×

NMB BANK
NIC ASIA

एनसेलको ग्राहक संख्या १० प्रतिशतले बढ्यो

फागुन २२, २०७४

NTC
Premier Steels

काठमाडौं, २२ फागुन- निजी क्षेत्रको पहिलो मोवाइल सेवा प्रदायक एनसेलको ग्राहक संख्या गत एक वर्षको अवधिमा १०.१९ प्रतिशतले बढेको छ । यससँगै एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको कम्पनीको प्रमुख लगानीकर्ता आजियाटाले जनाएको छ । आजियाटाले २०१७ को चौथो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै जनवरी देखि डिसेम्बर सम्मको अवधिमा एनसेलको १५ लाख १६ हजार नयाँ ग्राहक थपिएको बताएको छ । उसका अनुसार एनसेलमा ग्राहक संख्याको राम्रो वृद्घि भएको छ जसको सहयोगले अपेक्षित अन्तर्राष्ट्रिय लामो दुरीको कल सेवाबाट भएको आय गिरावटमा राहत दिएको छ ।

Muktinath Bank


अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने एनसेलको आम्दानी १९.६ प्रतिशतले घटेको आजियाटाले बताएको छ । पछिल्लो समयमा विदेशबाट नेपाल फोन गर्न र नेपालबाट विदेशमा फोन गर्नका लागि इन्टरनेट सेवाका माध्यामबाट विभिन्न एपहरु जस्तै ह्वाट्सएप, भाइबर, इमो, स्काइप आदीको प्रयोग बढेको लगायतका कारणले गर्दा टेलिकम कम्पनीहरुको अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा गिरावट आईरहेको छ ।  एनसेलको २०१७ को कुल आम्दानी रु ५८ अर्ब ५४ लाख रहेको छ । जसमा इन्टरनेट सेवाको आय पनि बढेको देखिन्छ । रिपोर्टका अनुसार कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत छ र कुल ग्राहक संख्यामा झण्डै ४४ प्रतिशतले डाटा सेवा लिएका छन् । एनसेल कम्पनी आफैले पनि जुन २०१७ मा फोरजी सेवाको शुरुवात पश्चात डाटा सेवाको प्रयोगमा वृद्घि भएको जनाउदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनसेलले हाल सम्ममा देशका विभिन्न २१ शहरहरुमा फोरजी सेवा पुर्याईसकेको छ जुन अहिले देशकै बृहद फोरजी नेटवर्कको रुपमा पनि चिनीएको छ । आजियाटा रिपोर्टका अनुसार २०१६ को तुलनामा २०१७ मा एनसेलको डाटा सेवाको आए १७.९ प्रतिशतले बढेको छ । कम्पनीका ग्राहकले गर्ने डाटाको खपत पनि २०१७ मा बढेर २ करोड ७७ लाख जिबी पुगेको छ । सन् २०१६ मा कम्पनीको कुल डाटा खपत अथवा ट्राफिक १ करोड २० लाख जिबी थियो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x