×

NMB BANK
NIC ASIA

अस्पतालमा दलालको बिगबिगी, बिरामी पठाएबापत कमिसन

फागुन २६, २०७४

NTC
Premier Steels

विराटनगर, २६ फागनु– विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका–७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन् । शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई–तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे । 

Muktinath Bank

सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन् । ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनु पर्याे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन्। बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ।


Advertisment
Nabil box
Kumari

गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्यो । बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज– ६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर(६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन्।

Vianet communication

विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी र्पुयाउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी दुवै जना दुर्गम गाउँ र जिल्लाबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याउँदै निजी अस्पतालमा र्पुयाउने कार्यमा संलग्न रहेको बताउँछन्। 

उनले भने, ‘राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाँदा रहेछन् तर निजीमा बिरामी ठगिन्छन्।’ पक्राउ परेका दुवै जनालाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेको छ। 

विराटनगरका विभिन्न ठाउँमा ६० जनाभन्दा बढी त्यस्ता दलाललाई निजी स्वास्थ्य संस्थाले परिचालन गरेको सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सरकारी अस्पतालभित्रैै पनि यस्ता दलाल छन्, जहाँ दैनिक तीन प्रहरी परिचालन गरेर निगरानी भइरहेको छ।

एक वर्षअघि कोसी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक नै दलालीमा संलग्न भएको पत्ता लागेको थियो। लोकलाजका कारण चिकित्सकलाई कारबाहीबाट जोगाइएको थियो। निजी अस्पतालबाट परिचालित दलालले बिरामी र उसको रोग हेरेर कमिसन पाउने गरेका छन्। 

पक्राउ गरिएका दलालले प्रहरीलाई दिएको बयानमा सरकारी अस्पतालको बिरामी निजीमा पठाउँदा पाँच सय, बिरामीले स्वास्थ्य परीक्षण गरे (ल्याब, भिडियो एक्सरेलगायत) एक हजार र अप्रेसन गरेर केही दिन भर्ना नै भए तीन हजार रुपैयाँसम्म कमिसन पाउने बताएका छन्। अस्पतालले बिरामीबाट गरेको असुलीका आधारमा कमिसन पनि बढ्ने बताइन्छ, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x