व्याजदर लोभमा बहकिए लगानीकर्ता, बैंकहरुबीचको विवादका कारण नेप्सेमा उच्च गिरावट

काठमाडौं, २७ फागुन- बैंकहरुबीचको व्याजदर विवादका कारण फेरी सेयर शेयर बजारमा गिरावट आएको छ । नेपाल बैंकर्स संघ र एनआइसी एशिया बैंकबीचको ब्याजदरको बहस चलिरहेको बेला साताको पहिलो दिन आइतबार ३१ दशमलव ०४ अंकको गिरावट आएको हो ।


आइतबार नेप्सेमा २ दशमलव ३६ प्रतिशतले बजारमा गिरावट आउँदा कारोबार भने ३२ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ । आईतबार सबै सूचक तथा उपसूचक ओरालो लागेका छन् ।  कूल १ सय ६० वटा कम्पनीको कारोबार भएको छ । सबैभन्दा धेरै हाइड्रोपावरको उपसूचक ४ दशमलव ०१ प्रतिशतले गिरावट आएको छ । आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ५२ लाख रुपैयाँको करोबार भएको छ ।

आइतबार सबै भन्दा धेरै सानिमा इक्विटी फण्डका शेयर धनीले २ दशमलव ९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।

फागुन २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस