यी खानेकुरा फेरि तताएर कहिल्यै नखानुस्

काठमाडौं, २८ फागुन — कहिलेकाहीँ खाना बढी हुन्छ अनि मानिसहरू त्यसलाई फेरि तताएर खान्छन् । तर धेरैजसो खानेकुरा फेरि तताएर खाँदा स्वास्थ्यमा नराम्रो असर पर्छ । खाना तताउँदा त्यसमा भएको प्रोटीन नष्ट हुन्छ । कुनै
खानेकुरा तताउँदा त क्यान्सर हुने तत्त्वहरू बाहिर आउँछन् । यहाँ हामी तताएर खान नहुने कुराहरूको वर्णन गर्दैछौं । 

चिकनलाई फेरि तताएर खाादा त्यसको प्रोटीन कम्पोजिसन परिवर्तन हुन्छ अनि पाचनसम्बन्धी समस्या आइलाग्छ । 

आलु स्वास्थ्यवर्द्धक हुन्छ तर यसलाई पकाएर धेरै बेर त्यत्तिकै राख्दा त्यसमा भएको पोषक तत्त्व सकिन्छ । अनि फेरि तताएर खाँदा पाचन प्रक्रियामा खराब असर पर्छ । 

चुकन्दरलाई पकाएर खाएपछि बाँकी रहेको भागलाई फेरि तताउनतिर नलाग्नुस् । त्यसो गर्दा त्यसमा भएको नाइट्रेट नष्ट हुन्छ । 

च्याउ प्रोटीनको खजाना हो । यसलाई सधैं ताजा नै खानुपर्छ । यसलाई फेरि तताएर खाँदा यसको प्रोटीन कम्पोजिसन नष्ट हुन्छ र हानि गर्छ । 

अण्डा पनि प्रोटीनको राम्रो स्रोत हो तर अण्डामा भएको प्रोटीनलाई फेरि तताउँदा विषालु हुन्छ । 

पालुंगोलाई फेरि तताउँदा क्यान्सर हुनसक्छ । यसमा भएको नाइट्रेटलाई तताउँदा क्यान्सर हुने तत्त्वको निर्माण हुन्छ । 

चामलमा केही कीटाणु पाइन्छन् र चामल पकाएपछि ती नष्ट हुन्छन् । तर भात सेलाएपछि ती कीटाणु फेरि आउन थाल्छन् र फेरि तताउँदा पनि मर्दैन । भात तताएर खाँदा फूड पोइजनिङ हुन सक्छ ।

एजेन्सी
 

फागुन २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस